८ श्रावण २०८१, मंगलवार Tuesday 23 July, 2024

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेले लिए शपथ

 मङ्लबार, पुस २६ २०७९  

काठमाडौं । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जमकट्टेलले आज (मंगलबार) पद तथा गोपनीयताको शपथ लिएका छन् ।

प्रदेश प्रमुख यादव चन्द्र शर्माले प्रदेश प्रमुखको कार्यालयमा बिहान ९:५० बजे जमकट्टेललाई शपथ खुवाएका हुन् ।

मुख्यमन्त्रीले शपथ लिए लगत्तै नेकपा एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले आर्थिक मामिला तथा योजना मन्त्री र राप्रपा संसदीय दलका नेता उद्धव थापाले विना विभागीय मन्त्रीको रूपमा शपथ लिएका छन् ।

मन्त्रालय बाँडफाँटको विषयमा सत्ता साझेदार दलहरूका विचमा छलफल गरेर टुंग्याइने मुख्यमन्त्री जमकट्टेलले बताए ।

प्रतिक्रिया सबै