८ श्रावण २०८१, मंगलवार Tuesday 23 July, 2024

कर्णालीको मुख्यमन्त्रीमा आलोपालो गर्ने एमाले-माओवादी सहमति

 बुधबार, पुस २७ २०७९  

काठमडौं । कर्णाली प्रदेश सरकारको नेतृत्व आलोपालो गर्न नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच सहमति भएको छ ।

प्रदेश सदस्य टेकराज पछाइले सुरुमा माओवादी केन्द्र संसदीय दलका नेता राजकुमार शर्मा साढे दुई वर्ष नेतृत्व गर्ने र त्यसपछि एमाले संसदीय दलका नेता यमलाल कँडेलले नेतृत्व गर्ने गरी सहमति भएको बताए । आजै प्रदेश प्रमुख कार्यालयमा शर्माले मुख्यमन्त्रीको दाबी पेस गर्ने नेता पछाइको भनाई छ ।

प्रदेश प्रमुख तिलक परियारले मुख्यमन्त्रीमा दाबी पेस गर्न बुधबार साँझ ५ बजेसम्मको समय तोकेका छन् ।

कर्णाली प्रदेशमा कांग्रेसका १४, माओवादीका १३, एमालेका १० सांसद छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र एकीकृत समाजवादीका १÷१ सांसद छन् भने १ जना स्वतन्त्र सांसद गरी ४० सांसद रहेका छन् ।

प्रतिक्रिया सबै