कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले आज शपथ लिँदै
बिहिबार, पुस २८ २०७९

काठमाडौं । कर्णालीका नवनियुक्त मुख्यमन्त्री राजकुमार शर्माले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् ।बुधबार नियुक्त भएका मुख्यमन्त्री शर्मालाई प्रदेश प्रमुख तिलक परियारले शपथ ग्रहण गराउने भएका हुन् ।
प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव भिमराज थानीका अनुसार बिहीबार दिउँसो ४ बजे शपथ ग्रहणको कार्यतालिका तय गरिएको छ । उनलाई नेकपा एमाले, राप्रपा र एकीकृत समाजवादी गरेर २५ जना सांसदको समर्थन रहेको छ ।
प्रतिक्रिया
सबै