८ श्रावण २०८१, मंगलवार Tuesday 23 July, 2024

बागमती प्रदेशको सभामुखमा राप्रपाका भुवन पाठक निर्वाचित

 शुक्रबार, पुस २९ २०७९  

काठमाडौं । बागमती प्रदेशसभा सभामुखमा राप्रपाका भुवन पाठक निर्वाचित भएका छन् । शुक्रबार बसेको प्रदेशसभा बैठकमा भएको निर्वाचनमा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार पाठक निर्वाचित भएका हुन् ।

राप्रपा महामन्त्री समेत रहेका उनले ६२ मत पाएका छन् । उनको विपक्षमा ४९ मत परेको छ भने ७ जना प्रदेशसभा सदस्य तटस्थ बनेका छन् ।

यसअघि प्रमुख विपक्षी नेपाली कांग्रेसका शिवराज अधिकारीले र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सृजना सयजुलाई सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्ताव बहुमतले अस्वीकृत गरेको थियो ।

प्रतिक्रिया सबै