२६ बैशाख २०८१, बुधबार Wednesday 8 May, 2024

सशस्त्र प्रहरीका ९७ एसपीको सरुवा (सूचीसहित)

 शुक्रबार, माघ ६ २०७९  

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका ९७ जना प्रहरी उपरीक्षकको सरुवा भएको छ । बिहीबार राति निकालिएको सूचीअनुसार संगठनमै पहिलो पटक पूर्णपूर्वानुमान सूचीमा आधारित सरुवा गरिएको प्रवक्ता एसएसपी पुरुषोत्तम थापाले जानकारी दिए ।

एक पटक पनि कमाण्डको जिम्मेवारी नपाएका एसपीले कमाण्डको जिम्मेवारीमा प्राथमिकता पाएका छन् ।

रिजर्भ गण र तालिम शिक्षालयहरुमा कमाण्ड गरिसकेका सशस्त्र प्रहरी उपरीक्षकहरु दोस्रो प्राथमिकतामा र विगतमा मुख्य गणमा कमाण्ड गरिसकेका एसपीलाई तेस्रो प्राथमिकतामा राखिएको मुख्यालय सचिवालयले जनाएको छ ।

एक पटक मात्रै कमाण्ड गरी हाल कमाण्डमै रहेका एसपी आफ्नो कमाण्ड अवधि पूरा नभएसम्म कमाण्डमा निरन्तर रहनेछन् । यस्तै संगठनका विभिन्न अन्य महत्वपुर्ण जिम्मेवारीमा रहेका तथा विदेशमा रहेकाहरुलाई आगामी सरुवामा प्राथमिकता दिइनेछ ।

प्रतिक्रिया सबै