८ श्रावण २०८१, मंगलवार Tuesday 23 July, 2024

चन्द्रमामा पाइला टेक्ने दोस्रो व्यक्तिले गरे ९३ वर्षको उमेरमा बिहे

 आइतवार, माघ ८ २०७९  

काठमाडौं । चन्द्रमामा पाइला टेक्ने दोस्रो अन्तरिक्ष यात्री बज एल्ड्रिनले चौथो विवाह गरेका छन् ।

सन् १९६९ मा एपोलो ११ मा निल आर्मस्ट्रङसँग चन्द्रमामा गएका दोस्रो अन्तरिक्ष यात्री बज एल्ड्रिनले चौथो विवाह गरेका हुन् ।

बज एल्ड्रिनले ९३ वर्षको उमेरमा विवाह गरेका हुन् । बज एल्ड्रिनले यो विवाह लस एन्जलसमा गरेका छन् । बज एल्ड्रेनले आफू र आफ्नी नयाँ दुलही एन्का युवाजस्तै उत्साही रहेको बताए ।

डा. एन्का ६३ वर्षकी छिन् र केमिकल इन्जिनियरिङमा पीएचडी गरेकी छन् । हाल उनी एल्ड्रिनको कम्पनीमा कार्यकारी उपाध्यक्ष छन् ।

बज चन्द्रमामा पाइला टेकेका चार व्यक्तिमध्ये एक मात्र जीवित व्यक्ति हुन् । बज एल्ड्रिनले ट्विट गर्दै भनेका छन्, ‘मेरो ९३औं जन्मदिनमा लामो समयदेखि प्रेम गर्ने डा. एन्का फोर र मबीच विवाह भएको घोषणा गर्न पाउँदा म धेरै खुसी छु ।’

प्रतिक्रिया सबै