१० श्रावण २०८१, बिहीबार Thursday 25 July, 2024

अब देशका लागि योगदान गरौं : बालेन

 सोमवार, माघ १६ २०७९  

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले अब बलिदान होईन, देशका लागि योगदान गर्नुपर्ने बताएका छन् ।

लैनचौरस्थित शहीद स्मृति पार्कमा सोमबार शहीद दिवसको अवसरमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै बालेनले अब देशका लागि योगदान गरेर देखाउनु पर्ने बताएका हुन् ।

शहीदहरुले भावि सन्ततीका लागि सुनौलो सपना देखेर आफ्नो बलिदान दिएकाले उनीहरुको सपनालाई पूरा गर्ने जिम्मेवारी र दायित्व अहिलेको पुस्ताको भएको उनले बताए ।

शान्त, समृद्ध र विकसित नेपाल बनाउसके मात्रै अमर शहीदहरुको आत्माले शान्ति पाउने उनको भनाई छ । उनले भने— ‘अमर शहीदहरुको त्याग र बलिदानले नै आज स्वतन्त्र स्वाधिन र सार्वभौम राष्ट्र नेपालका नागरिकका रुपमा विश्वसामु परिचित हुन पाएका छौं । । यो दिनलाई मैले महत्वपूर्ण दिनका रुपमा लिएको छु ।’

प्रतिक्रिया सबै