८ श्रावण २०८१, मंगलवार Tuesday 23 July, 2024

‘पठान’ हिट भएपछि रोइन् दीपिका

 मङ्लबार, माघ १७ २०७९  

मुम्बई । शाहरुख खान र दीपिका पादुकोण अभिनीत फिल्म ‘पठान’को यतिबेला चर्चा चुलिएको छ । गत २५ जनवरीमा रिलिज भएको यस फिल्मले राम्रो कमाई गरिरहेको छ ।

फिल्मको सफलतामा दीपिका भने रोएकी छन् । फिल्मको सफलताको उत्सव मनाउन मुम्बईको एक होटलमा आयोजित कार्यक्रममा फ्यानको माया देखेर उनको आँखा रसाएका छन् । कार्यक्रममा उनले सम्पूर्ण फ्यानलाई धन्यवाद दिँदै फिल्म सफलताले अभिनेत्रीलाई फाइदा हुने बताईन् ।

दीपिकाको ५ वर्षपछि फिल्म हिट भएको हो । यस अगाडि उनको ‘पद्यावत’ हिट भएको थियो । दीपिकाको ‘पद्यावत’ पनि २०१८ मा २५ जनवरीमै रिलिज भएको थियो । यस हिसावले पनि उनको लागि २५ जनवरी लक्की समेत साबित भएको छ । सफलताको उत्सव कार्यक्रममा शाहरुख र दीपिकाको अलवा जोन अब्राहम र फिल्मका निर्देशक सिद्धार्थ आनन्द सहभागी थिए ।

शाहरुख र दीपिकालेसँगै अहिलेसम्म ‘ओम शान्ति ओम’, ‘चेन्नई एक्सप्रेस’, ‘ह्यापी न्यु इयर’ र ‘पठान’ काम गरेका छन् । ‘शाहरुख खानसँग काम गर्नु रोचक अनुभव भएको छ । हाम्रो केमेस्ट्री सबै फिल्ममा राम्रो मानिएको छ । दीपिकाले भनिन्— ‘उहाँसँग काम गर्दा मलाई फरक आत्मविश्वास मिल्छ । यसले हाम्रो सम्बन्ध अझ विशेष बनाउँछ ।’ उनले शाहरुखले आफ्नो फिल्म ‘ओम शान्ति ओम’मा मौका नदिएको भए आफ्नो बलिउड यात्रा यहाँसम्म नहुने भनाई पनि राखिन् ।

प्रतिक्रिया सबै