८ श्रावण २०८१, मंगलवार Tuesday 23 July, 2024

खतरनाक शुटर जो देखि डराउँथ्यो हिटलरका फौज !

 बुधबार, माघ १८ २०७९  

यो कथा त्यो महिलाको हो, जसलाई खतरनाक शुटरको नामले चिनिन्थ्यो । र उनले हिटलरको सैनिकहरुलाई पनि पछि पारेका थिए । मात्र २५ वर्षको उमेरमै ल्यूडमिलाले ३०९ जना मानिसहरुलाई मारेको थिए । जसमा सबै भन्दा बढि हिटलरको सैनिक थिए । यो त्यतिबेलाको कुरा हो, जब द्धितीय विश्व युद्ध सुरु भइरहेको थियो । ल्यूडमिला पवलिचेंको १९४२ मा वाशिगटंन पुगेकी थिइन् ।

विशेषज्ञाको यो पनि भनाइ छ, कि सोवियत संघले ल्यूमिला पवलिचेंकोलाई प्रोपेगैंडाको लागि प्रयोग गरेका थिए । यहाँ सम्मकी उनलाई सोवियत हाई कमानले अमेरिका पठाएका थिए । उनलाई अमेरिका पठाउनु मुख्य लक्ष्य वेस्टर्न यूरोपियन फ्रन्ट अमेरिकाको समर्थन हासिल गर्नु थियो ।

जोसफ स्टालिनको चाहना थियो कि छिमेकी देशको सेनाले यूरोपमा आक्रमण गरोस त्यसको लागि उनि एकदमै इक्छुक देखिन्थो ।

अमेरिकाको यात्रा
स्टालिन चाहन्थ्यो कि जर्मनमा आफ्नो सेनाहरुलाई चारैतिर फैलाउन दबाव देओस जसले गर्दा सोवियत सेनालाई उनको तर्फबाट आइरहेको दबाव कम होस । स्लालिनको यो इच्छा तीन साल सम्म पनि पूरा भएन । तर, पनि यहि लक्ष्यलाई आत्मासाथ गर्दै पवलिचेंकोले ह्वाइट हाउसमा पाइला राखे ।

यसरी पाइला चाल्ने उनी पहिलो सोवियत थिइन् । जसले राष्ट्रपति फ्रैकलिन रुजवेल्टले नै रिसीव गरेका थिए । ल्यूमिला पवलिचेकोले राष्ट्रपति रुजवेल्टको श्रीमती एलेनोरसंग पुरै देश घुमेको थिए । यसै दौरान उनले आफू महिला भएर पनि युद्धमा समाबेश भएको आफ्नो अनुभवहरु अमेरिका सामु सुृनाए ।

शूटिग क्लबदेखि रेड आर्मीसम्मको यात्रा
ल्यूडमिला पवलिचेको १४ वर्षको कलिलो उमेरमा नै हतियारसंग खेल्नुपर्यो । उनी आफ्नो परिवारको साथमा यूक्रेनमा आफ्नो पुरखौली गाउँ देखि किव आएर बसेकी थिइन् ।

हेनरी साकैडाको किताब ‘हीरोइन अफ द सोवियत यूनियन’को अनुसार पवलिचेको एक हतियारको फेक्ट्रीमा काम गर्थीन । उनले र्निणय लिइनकी उनी ओसो आवियाजिम शूटिग एसोसिएनमा नाम लेखाउने छिन जहाँ उसलाई हतियारलाई चलाउन सिकाउने छ ।

अमेरिकाको यात्रा गर्दा खेरि पवलिचेकोले बताए की – कुनै बेला मेरो छिमेकीमा बस्ने एक जना युवकले शूटिग गरेर सान देखाउथियो, त्यति खेर नै मइले सोचोकी एउटा महिला पनि गर्नसक्छ । त्यसको लागि मैले धेरै अभ्यास गरे ।

केहि दिनमै पवलिचेकोले हतियार चलाउन सक्ने भइन । २२ जून, १९४१ मा जर्मनीले जर्मन-सोवियतको बिच आक्रमण नगर्ने बचनलाई तोड्यो त्यस पछि अपरेशनको लागि तयरी शुरु गर्यो । यो अपरेशनमा जर्मनीले सोवियत संघमा आक्रमण गर्यो ।

मिलिट्री ट्रेनिङ
ल्यूडमिला पवलिचेकोले आफ्नो देशको सुरक्षाको लागि कीवको विश्वाविधालयमा चलिरहेको इतिहासको पढाई छोडेर आर्मीमा भर्ती हुने र्निणय लिए । तर पहिला आर्मीमा लिन उनलाई मानेनन । तर जब उनले निशाना लागाउने ट्रेनिङमा आफ्नो कला देखाए तब आर्मीहरुले उनलााई रेड आर्मीको साथमा आफ्नो आडिशन दिन मौका दिए ।

‘स्राइपर इन एक्शन’ नामको निशाना लगाउनेमा आफ्नो किताबमा चाल्र्स स्ट्रोजले पवलिचेकोको बारेका लेखे— मैले कीवको एउटा स्कूलमा बेसिक मिलिट्री ट्रेनिङ लिएको थिए, जहाँ मइले रिजनल टूर्नामेटमा ब्याज जितेको थिए ।

प्रतियोगितामा पवलिचेकोलाई राइफल दिएको थियो र त्यो दुईजना रोमन सैनिक माथि निशाना लागाउन भनिएको थियो । जुन जर्मनको लागि काम गरिरहेको थिए । पवलिवचेकोले एकदमै सजिलै निशाना लागाइदियो । यसले उनलाई २५ वर्ष मै चपायेव फूसीलियर्स डिवीजनमा स्थान पाए ।

मरेको नाजीले केहि बिगार्दैन
सेनामा हुदा नै उनले ग्रीस र मोलदोवाको युद्धमा पनि लडे । पवलिचेकोले छोटो समयमा नै सेनामा आफ्नो नाम राख्न सफल भए । युद्धको पहिलो ७५ दिनमा नै उनले १८७ नाजी सैनिकलाई मारेको थिए । आजको यूक्रेनले दक्षिणको ओडेसाको युद्धमा आफुलाई साबित गरेपछि उनलाई सेवास्टोपोलको युद्धमा लडनको लागि क्राइमिया पठाइदिए । (३० अक्टुबर, १९४१ देखि ४ जुलाई १९४२)

सेवास्टोपोलको युद्धमा उनलाई कति चोट लाग्यो, तर उनले त्यो बेलासम्म पनि मैदान छोडेनन्, जबसम्म कि नाजी आर्मीले उनीको पोजिशनमाथि बमले हानिन्जेल । त्यसैक्रममा उनको अनुहारमा गभीर चोट लाग्यो ।

थुप्रै उपलब्धी हासिल गरिसके पछि उनले लेफ्टिनेट पदमा पदउन्न्ती पाए र उनले अरुलाई पनि निशाना लागाउन ट्रेनिङ दिन शुरु गरे । केहि दिन पछि उनलाई वाशिंगटन पठाए । अमेरिकाको यात्रा गर्ने क्रममा उनले भनेको थिए –‘बाचेको हरेक जर्मन महिलाहरु, बच्चा र बूढोलाई मारिदिन्छन् । त्यसैले कुनै एक नाजीलाई मारेर म धेरै ज्यान बचाउने छु ।’ युद्धको मैदानमा ल्यूमिला पवलिचेको कतिपय पत्रकारहरुको यस्तो प्रश्नले निकै दुखि हुन्थिन् । एकपल्ट एकजना पत्रकारले उनलाई सोधेको थियो कि – के तपाई युद्धको मैदानमा जादाँ मेकअप गरेर जानुहुन्छ ।

पवलिचेकोले उनलाई जवाफ दिए कि- ‘यस्तो कुनै नियम छैन कि युद्धमा मेकअप गरेर जानु मिल्दैन, तर त्यस समयमा कोसँग त्यो सोच्ने समय हुन्छ, कि युद्धको बिचमा तपाईको नाक कतिसम्म चमकी रहेको छ ?’

१९४२मा उनले टाइम मैगजीनसँग भनेको थिए – ‘यस्तो लाग्छकी अमेरिकाको लागि यो सानको कुरा हो, यो कि महिलाहरुले यूनिफामको तला केको सिल्कको अडरवीयर लागाउछ, तर उनले यो थाहा पाउन पर्छकी यूनिफार्मले रिप्रेजेट गर्छ ।’

हिरो अफ द सोवियत यूनियन
सोवियत संघ फर्किदैं गर्दा, पवलिचेको ब्रिटेन पनि गए । त्यहाँ पनि उनलाई ब्रिटेनदेखि वेस्टर्न फ्रंटमा सहभागि हुन अप्रिल गरे । युद्ध र हीरो अफ द सोवियत यूनियनको उच्च सम्मानले सम्मान गरेपछि उनले कीव यूनिवर्सिटीबाट आफ्नो ट्रेनिङ समाप्त गरे । त्यस पछि एउटा इतिहासकारको रुपमा आफ्नो भविष्यको शुरुवात गरे ।

१९४५देखि १९५३को बिच उनले सोवियत नौ सेनाको मुख्यलयको साथ काम शुरु गरे र पछि त्यो सोवियत कमेटी अफ वार वेटेरन्सको सक्रिय सदस्य भए ।

यो त्यो २,००० बन्दुकधारिहरु मध्यमा थियो जो रेड आर्मीको साथ द्धितीय विश्वा युद्धमा लडेको थिए र ५००मा त्यो थिए जो युद्धमा जिउदो थिए । तर उनको घाउ निको भएन । १० अक्टुबर १९७४मा ५८वर्षको उमेरमा उनको मृत्यू भयो ।

काममाथी प्रश्न
इतिहासमा उनको काम प्रति धेरै खाल्को प्रश्न उठाए । ल्यूबा विनोग्राडोवाले आफ्नो किताब ‘अवेंजिंग एजल्स’ मा केहि यस्ता नै प्रश्न उठाएका थिए । ल्यूडमिला पवलिचेंकोलाई सबै भन्दा बढि मृत्यू दिने कुरामा प्रश्न उठदा खेरि उनले किताबमा लेखेको थिए – ‘उनले १८७ शत्रुहरुलाई मृत्यू मुखमा पुराए, तर यो कुरा अचम्मको छ कि उनलाई ओडेसामा कुनै मेडल प्राप्त भएन ।’

‘हरेक १० शत्रुलाई मारने वा घाइते हुदाँ निशानालागउनेलाई एउटा मेडल सम्मानको रुपमा दिइन थियो र हरेक २० लाई मारनेलाई आर्डर अफ रेड स्टार । यदि ७५को मृत्यू भए ‘हीरो आफ सोवियत यूनियन’को सम्मान दिए पुग्छ । त्यसो भए उनलाई किन केहि दिएनन् ।’

कयै लेखकहरुले यस कुरामा पनि प्रश्न गरे कि भनिन्छ, उनको अनुहारमा चोट थियो, तर तस्वीरमा कुनै किसिमको चोटको दाग देखिएको थिएन । वाशिंगटनले यात्रामा ल्यूडमिला पवलिचेंकोको साथ व्लादीमिर पचेलिनत्सेब पनि गएको थिए ।

यस कुरामा पनि प्रश्न उठयो कि दुईजना पाइलट या दुइजना टैंक कमाडरलाई नपठाएर किन दुईजना महत्वपूर्ण शुटरलाई छान्ने, किनभने निशाना लगाउन जान्नेसँग आफ्नो लागि गर्नसक्ने धेरे थियो । जर्मंन उनी देखि डराउर्थो र सोवियत प्रेसले उनलाई लोकप्रिय बनाउनको लागि धेरै काम गरेको थिए ।

बीबीसी हिन्दी : नेपाली अनुवाद जेनी

प्रतिक्रिया सबै