८ श्रावण २०८१, मंगलवार Tuesday 23 July, 2024

बेलायतमा सरकारविरुद्ध ५ लाख बढी नागरिक सडकमा

 बिहिबार, माघ १९ २०७९  

काठमाडौं । बेलायतमा प्रधानमन्त्री ऋषि सुनक नेतृत्वको सरकारविरुद्ध ५ लाखभन्दा बढी मानिस सडकमा उत्रिएका छन् । अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाए अनुसार अधिकांश शिक्षक, निजामती कर्मचारी र रेल चालकहरू सहभागी आन्दोलनको प्रमुख माग तलब वृद्धि रहेको छ । भने प्रदर्शनकारीले मुद्रास्फिति नियन्त्रण गर्न पनि सरकारसँग माग गरेका छन् ।

अलजजिराले प्रदर्शनमा करिब ३ लाख शिक्षक मात्र सहभागी रहेको उल्लेख गरेको छ । उनीहरूले कोरोना र त्यसपछि युक्रेन युद्धका कारण बढेको मुद्रास्फितिका जीवनशैली मुस्किल बनेको बताएका छन् । आन्दोलनमा सहभागी शिक्षकहरूले दैनिक १० घण्टा काम गरे पनि पास्ता खाएर दिन बिताउनुपर्ने अवस्था रहेको बताएका छन् ।

हड्तालअघि प्रधानमन्त्री कार्यालयले अराजकता निम्तने गरी प्रदर्शन नगर्न चेतावनी दिएको थियो । यद्यपि प्रदर्शनकारीले सरकारको चेतावनीसँग हच्किएनन् । सञ्चार माध्यमले ‘लकडाउन २०२३’ नाम दिएको यो प्रदर्शनलाई कतिपयले ‘वाकआउट वेनस्डे’ भनेका छन् । यसलाई कतिपयले १९७८र७९ को हड्तालसँग तुलना गरेका छन् ।

वासिंटन पोस्टसँग कुरा गर्दै युनिभर्सिटी अफ क्याम्ब्रिजका प्रोफेसर क्याथरिन बर्नार्डले बताए अनुसार बेलायतमा हड्तालसम्बन्धी कडा कानुन छ र यति ठूलो संख्यामा सडकमा आउनु गैरकानुनी हो । यद्यपि ५ लाखभन्दा बढी मानिसले घरबार छोड्नु गम्भीर विषय हो ।

प्रतिक्रिया सबै