हर्क साम्पाङ भन्छन्- प्रदेश र केन्द्रमा बसेकाहरुले नीतिगतरुपमा भ्रष्टाचार गरिरहेका छन्

धराजन । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले नीतिगतरुपमा रुपमा केन्द्र सरकार र प्रदेश सरकारमा बस्ने मान्छेले भ्रष्टाचार गरेको बताएका छन् । एक टेलिभिजनले बुधबार धरान उपमहानगरपालिकामा पालिका सवाल कार्यक्रममा मेयर साम्पाङले स्थानीय सरकारलाई थाह नहुने योजनाहरु कार्यान्वयन हुन नदिने समेत बताए ।
खानेपानीको उपभोक्ता समिति गठनमा सफारिश नगरेको भन्ने जनगुनासोमा जवाफ दिने क्रममा प्रदेशका खानेपानी मन्त्री तिलबहादुर मेन्याङ्बोबीचमा चर्काचर्की समेत परेको छ ।
मेयर साम्पाङले प्रदेश र केन्द्र सरकारले स्थानीय सरकारको सहमति, रोहबर र अनुमतिमा मात्र योजना पठाउनुपर्ने र त्यसो नगरि आएको बजेट, योजनाहरु सबै रोक्नुपर्ने धारणा राखे ।
मेयर साम्पाङले प्रदेश र केन्द्रमा बसेका मानिसहरुले नीतिगतरुपमा भ्रष्टाचार गरिरहेको आरोप लगाएपछि असन्तुष्ट बनेका मन्त्री मेन्याङ्बोले सबैले संविधान र कानुनले दिएको अधिकारभन्दा बढी नबोल्न र नगर्न सचेत गराए ।
अनुमति लिनुपर्ने ठाउँमा प्रदेश र केन्द्र सरकारले लिने र लिनुनपर्ने ठाउँमा नलिने भन्दै भ्रष्टचार भइरहेको भए कारबाही गर्न अघि बढ्न पनि उनले चुनौती समेत दिएका छन् । सो क्रममा दुवैबीच चर्काचर्की परेको हो ।