८ श्रावण २०८१, मंगलवार Tuesday 23 July, 2024

राजमार्गमा तरकारी फालेर किसानको प्रदर्शन, भारतीय तरकारीको आयात रोक्न माग

 शुक्रबार, माघ २० २०७९  

काठमाडौं । भारतीय तरकारीले बजार कब्जा गरेपछि चितवनका किसानहरू तरकारी बोकेर सडकमा आन्दोलनमा उत्रिएका छन् । टमाटर, काउली, बन्दालगायतका तरकारी बोकेका गाडीसहित नारायणगढ पुगेका किसानहरूले पूर्व-पश्चिम राजमार्ग बन्द गरेर प्रदर्शन गरेका हुन् ।

स्थानीय उत्पादन नै पर्याप्त भइरहेको समयमा भारतबाट आयात बढेको भन्दै किसानहरू आक्रोशित भएका छन् । भारतबाट आयात गरिएको तरकारीका कारण स्थानीय किसानले गरेको उत्पादन बिक्री हुन छाडेको विरोधको नेतृत्व गरेका किसान लेखनाथ भुसाल बताउँछन् ।

देशमा उत्पादित तरकारीले बजार पाएन, आयात रोकिदिनुपर्यो भनेर सरकारी निकायहरूमा सहयोग माग्दा बेवास्ता गरिएपछि किसानहरू सडकमै पुग्नुपरेको उनको भनाई थियो ।

कृषि प्रधान देशमा किसानहरू नै सरकारबाट प्रताडित हुनुपरेको र देशमै केही गरौं भनेर कृषिमा लगानी गरेका युवाहरूलाई सरकारले निराश पारेको उनीहरुको भनाई थियो ।

प्रतिक्रिया सबै