प्रहरी बिटमा पनि चल्यो महानगरको डोजर
मङ्लबार, माघ २४ २०७९

काठमाडौं । काठमाडौं महानगरपालिकाले मैतीदेवीस्थित प्रहरी बिटमा डोजर चलाएको छ । महानगरले सडक मिचेर बिट बनाइएको भन्दै त्यहाँ डोजर चलाएको हो ।
महानगरका प्रहरी प्रमुख राजु पाण्डेका अनुसार सडक मिचेर बनाएका टहरा हटाउने क्रममा प्रहरी बिट पनि हटाइएको हो ।
उनका अनुसार मापदण्डविपरीत बनेका टहरा हटाउने क्रम जारी छ । प्रहरीकै सहकार्यमा बिट हटाइएको उनको भनाई छ ।
तर त्यहाँ रहेको प्रहरी बिट कहाँ सार्ने भन्ने टुंगो लागेको छैन । बिटमा रहेका प्रहरीका सामान हटाएर डोजर चलाइएको थियो ।
प्रतिक्रिया
सबै