सुदूर पश्चिमको मुख्यमन्त्रीमा कांग्रेसका कमलबहादुर शाह नियुक्त
![](https://skynepalnews.com/wp-content/uploads/2023/02/sudurpashim-768x352.jpg)
काठमाडौं । सुदूर पश्चिम प्रदेशमा नेपाली कांग्रेसका कमलबहादुर शाह मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।
प्रदेश प्रमुख देवराज जोशी संविधानको धारा १६८ को उपधारा ३ अनुसार प्रदेश सभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा शाहलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र रावलले विश्वासको मत नपाएपछि पदमुक्त भएका थिए । २७ पुसमा नागरिक उन्मुक्ति पार्टीको समेत समर्थनमा मुख्यमन्त्री नियुक्त भएका रावलले संविधान अनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने थियो ।
उनी मुख्यमन्त्री भएको ३० दिन आज पूरा भएको छ । तर विश्वासको मत लिने दिन नागरिक उन्मुक्ति पार्टीका सांसद प्रदेश सभामा अनुपस्थित भएपछि रावलले विश्वासको मत पाउन नसकेका हुन् ।
रावल पदमुक्त भएपछि प्रदेश प्रमुख जोशीले नयाँ मुख्यमन्त्री नियुक्त गरेका हुन् । नवनियुक्त मुख्यमन्त्री शाहले ३० दिनभित्र विश्वासको मत लिनु पर्ने हुन्छ ।