८ श्रावण २०८१, मंगलवार Tuesday 23 July, 2024

नेपालको पर्यटन नेपालीपनको संस्कृति हो : किराती

 शनिबार, माघ २८ २०७९  

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपालको पर्यटन भनेको नेपालीपनको संस्कृति भएको बताएका छन् ।

न्यकू जात्रा मतयाः व्यवस्था समितिको रजतजयन्ती समारोहका अवसरमा शनिबार ललितपुरमा आयोजित कार्यक्रममा उनले प्राकृतिक सम्पदा र मानव सम्पदालाई मिसाएर निर्माण हुने नेपालीपनको संस्कृति नै आजको नेपालको पर्यटन भएका बताए ।

संस्कृतिलाई विकाससँग जोड्न सकिएन भने आत्मनिर्भरबिनाको समृद्धि हुने उनको भनाई थियो । स्थानीय संस्कृतिलाई जोगाउँदै पर्यटन क्षेत्रलाई माथि उठाउन सके मुलुक समृद्ध हुने पनि उनले बताए ।

मन्त्री किरातीले जिर्णोदारका कामलाई अघि बढाउनका लागि बाधक भएको ऐन कानुनलाई सच्याउँदै स्थानीय तवरबाटै जिर्णोदार गर्न सकिने व्यवस्थाका लागि पहल गर्ने प्रतिवद्धता जनाए ।

 

प्रतिक्रिया सबै