बलिउठमा पठानले बनायो ८८८ करोड कमाउँदै नयाँ रेकर्ड
शनिबार, माघ २८ २०७९

काठमाडौं । शाहरुख खान अभिनित पठानले बलिउडमा छोटो समयमा सर्बाधिक कमाउने फिल्मको रेकर्ड बनाएको छ ।
यशराज फिल्मसका अनुसार गत जनवरी २५ मा रिलिज भएको फिल्म पठानले हालसम्म ८८८ करोड कमाएर बलिउड सिनेमा सबैभन्दा तीव्र गतिमा कमाउने फिल्मको रेकर्ड बनाएको हो ।
उक्त फिल्ममा शाहरुखका साथमा दीपिका पादुकोण, जोन अब्राहम लगायतको भुमिका रहेको छ । यस फिल्मलाई समीक्षकहरुले ४.५ स्टारसम्म दिदैँ ब्ल्कबस्टर सिनेमा भएको उल्लेख गरेका छन् ।
बाइकट बलिउड बिरुद्ध लडेर पठानले खस्किदै गएको भनिएको बलिउडलाई धेरे ठुलो उद्धार गरेको उनीहरुको भनाई छ ।
पछिल्लो समयमा बलिउडमासमेत दक्षिण भारतीय फिल्महरुले राज गरेको २०२२ लाई शाहरुखको पठानले उर्जा दिएको समीक्षकहरुको टिप्पणी रहेको छ ।
प्रतिक्रिया
सबै