२१ बैशाख २०८१, शुक्रबार Friday 3 May, 2024

राष्ट्रपतिको निर्वाचनपछि प्रधानमन्त्रीको भारत भ्रमण

 मङ्लबार, फाल्गुन २ २०७९  

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्री प्रचण्ड राष्ट्रपतिको चुनावपछि मात्र भारत भ्रमणमा जाने भएका हुन् ।

स्रोतका अनुसार पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डको भारत भ्रमण यही फेब्रुअरीमा हुने गरी तयारी चलिरहेको थियो । राष्ट्रपतिको चुनावलगायतका विषयले उनको भ्रमण पर धकेलिएको हो ।

नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव विनयमोहन क्वात्राले भारत भ्रमणको विषयमा प्रधानमन्त्री प्रचण्डसँग छलफल गरेको छ । प्रचण्डसँग क्वात्राले सोमबार भेटवार्ता गरेका थिए ।

विदेश सचिवले भारत भ्रमणको विषयमा चर्चा गरेको र निम्तो दिनुभएको भारतीय दूतावास स्रोतको भनाई छ । तर अहिले नेपालेका राजनीतिक अवस्था ठिक नभएको कारण मिति तय भने भएको छैन ।

अहिले नै भारत भ्रमण गराउन सम्भव नहुने देखिएसँगै राष्ट्रपतिको चुनावपछि मात्र हुने गरी आन्तरिक तयारी थालिएको छ । आगामी २५ गते राष्ट्रपतिको चुनाव हुँदै छ त्यसअघि फागुन १३ मा मनोनयन दर्ता गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया सबै