८ श्रावण २०८१, मंगलवार Tuesday 23 July, 2024

बागमती प्रदेशमा खर्च कटौतीको प्रस्ताव पारित

 शुक्रबार, फाल्गुन ५ २०७९  

काठमाडौं । बागमती प्रदेशमा खर्च कटौतीको प्रस्ताव पारित गरेको छ । शुक्रबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशमा खर्च कटौतीको प्रस्ताव पारित गरेको हो ।

आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव महेश आचार्यको संयोजकत्वमा बनेको कार्यदलले गएको माघ २४ गते मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई बुझाएको प्रतिवेदनका आधारमा प्रदेश सरकारले खर्च कटौती गर्ने तयारी गरेको हो ।

यस्ते? बैठकले प्रदेशको नीति तथा योजना आयोगको सदस्यहरुमा डा. दिपेन्द्र श्रेष्ठ र डा. जयन्त खनाललाई नियुक्त गरेको सरकार प्रवक्ता एवं आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले बताए । यसअघि गएको माघ २४ गते आयोगको उपाध्यक्षमा डा. होमनाथ चालिसे नियुक्त भएका थिए । यो सँगै आयोगले पूर्णता पनि पाएको छ ।

बैठकले निजामती कर्मचारी सम्वन्धी कानून निर्माणका लागि २ वटा प्रतिस्थापन विद्येयकहरु प्रदेशसभा बैठकमा लैजाने निर्णय समेत गरेको छ । बैठकले प्रदेश निजामती सेवाको गठन संचालन र सेवा सम्बन्धी प्रतिस्थापन विद्येयक र स्थानीय तहका सेवाको गठन तथा संचालन सम्बन्धी प्रतिस्थापन विद्येयक संसदमा लैजाने निर्णय गरेको हो ।

मन्त्रीपरिषद् बैठकले राजेन्द्र पाण्डे नेतृत्वको सरकारले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिस्ठान र हेटौंडा अस्पताल अलग गर्ने गरी जारी भएको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन संशोधन अध्यादेशलाई निष्कृय गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया सबै