८ श्रावण २०८१, मंगलवार Tuesday 23 July, 2024

कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक, तीन हजार ४५३ परीक्षार्थी उत्तीर्ण

 आइतवार, फाल्गुन ७ २०७९  

काठमाडौं । सरकारले कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत वैदेशिक रोजगार विभाग, ईपीएस कोरिया शाखाले कृषि तथा पशुपालनतर्फको भाषा परीक्षाको नतिजा प्रकाशित गरेको हो ।

नेपाल सरकार र गणतन्त्र कोरियाको श्रम तथा रोजगार मन्त्रालयबीच सम्पन्न समझदारीअनुरुप गत माघ १८ गतेदेखि फागुन ५ गतेसम्म भएको परीक्षाको नतिजा सार्वजनिक गरिएको शाखाले जनाएको छ । परीक्षामा सहभागी भएका १० हजार ३९८ मध्ये तीन हजार ४५३ परीक्षार्थी उत्तीर्ण भएका छन् ।

त्यस्तै, शाखाले भोलिदेखि सीप परीक्षण हुनेसमेत जानकारी दिएको छ । भैँसेपाटीमा रहेको युभिटी भवनमा हुने सिप परीक्षणका लागि सक्कल राहदानी र प्रवेश पत्र अनिवार्य रुपमा लिएर उपस्थित हुन वैदेशिक रोजगार विभागको इपिएस कोरिया शाखाले सूचना गरेको छ । तोकिएको समय तालिकामा उपस्थित नहुनेलाई वैकल्पिक व्यवस्था नगरिने शाखाको भनाइ छ ।

प्रतिक्रिया सबै