८ श्रावण २०८१, मंगलवार Tuesday 23 July, 2024

लुम्बिनी प्रदेश सरकारमा जसपा पनि सहभागी, अहिर बने कृषिमन्त्री

 आइतवार, फाल्गुन ७ २०७९  

काठमाडौं । लुम्बिनी प्रदेश सरकारमा जनता समाजवादी पार्टी पनि सहभागी भएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

उनले जनता समाजवादी पार्टी संसदीय दलका नेता भण्डारी लाल अहिरलाई कृषि तथा भूमि व्यवस्था मन्त्री नियुक्त गरेका हुन् ।

एमालेबाट कृषि तथा भूमि व्यवस्था मन्त्री भएका तुलसीराम शर्मालाई भने मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेर्ने नयाँ जिम्मेवारी दिइएको छ ।

मन्त्री अहिरले भोलि सोमबार ११ बजे बुटवलस्थित प्रदेश प्रमुख अमिक शेरचनको कार्यालयमा पद तथा गोपनियताको शपथ लिनेछन् । लुम्बिनी प्रदेशमा जसपाका तीन सांसद छन् ।

प्रतिक्रिया सबै