१० श्रावण २०८१, बिहीबार Thursday 25 July, 2024

सन्दीप लामिछानेलाई विदेश गएर खेल्न पाउने अनुमति दिन सर्वोच्च अदालतद्वारा अस्वीकार

 शुक्रबार, फाल्गुन १२ २०७९  

काठमाडौं । सर्वोच्च अदालतले सन्दीप लामिछानेलाई विदेश गएर खेल्न पाउने अनुमति दिन अस्वीकार गरेको छ । न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले लामिछानेको मागबमोजिम अनुमति दिन अस्वीकार गरेको हो ।

एक नाबालिक बलात्कारको अभियोग लागेका लामिछानेलाई जिल्ला अदालत काठमाडौंले पूर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको थियो । तर, जिल्लाको आदेश उल्टाउँदै उच्च अदालत पाटनले लामिछानेलाई २० लाख धरौटीमा रिहा गरेको थियो ।

उच्च अदालतले लामिछानेलाई विदेश जान नपाउने तथा काठमाडौंबाहिर जानका लागि पनि प्रहरीलाई जानकारी दिनुपर्ने शर्त राखेको थियो । उच्चको विदेश जान नपाउने शर्तविरुद्ध लामिछानेले सर्वोच्चमा निवेदन दायर गरेका हुन् । उनको मागबमोजिम आदेश जारी भएन ।

प्रतिक्रिया सबै