९ श्रावण २०८१, बुधबार Wednesday 24 July, 2024

ए डिभिजन लिगको टिकट मूल्य ३ सय र १ सय

 बुधबार, फाल्गुन १७ २०७९  

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगको मार्केटिङ, ब्रोडकास्टिङ र टिकेटिङको जिम्मा पाएको एमडीएसी स्पोर्ट्सले टिकेटिङ पार्टनरको रुपमा इसेवासँग सम्झौता गरेको छ ।

दर्शकले फागुन १९ गतेदेखि सुरु हुने ए डिभिजन लिगको टिकट इसेवा मार्फत अनलाईन खरिद गर्न सक्नेछन् ।

इसेवाको एप डाउनलोड गरि वा इसेवाको वेबसाइटबाट सामान्य पाराफिटतर्फको रु. १०० र भीआईपी पाराफिटतर्फ रु ३०० रुपैयाँमा टिकट खरिद गर्न सक्नेछन् ।

दशरथ रंगशाला, च्यासल मैदान र एन्फा कम्प्लेक्स सातदोबाटो गरि ३ वटा रंगशालामा हुने १८२ खेलको सबै टिकट इसेवामा उपलब्ध हुनेछ ।

प्रतिक्रिया सबै