९ श्रावण २०८१, बुधबार Wednesday 24 July, 2024

नेपाली फुटबल टोलीको मुख्य प्रशिक्षकमा इटालीका भिन्सेन्जो नियुक्त

 बुधबार, फाल्गुन १७ २०७९  

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमा इटालीका भिन्सेन्जो अल्बर्टो एनिसलाई नियुक्त गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) भिन्सेन्जोलाई राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षक नियुक्त गर्ने निर्णय लिएको हो ।

यसअघिका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले गत भदौमा राजीनामा दिएका थिए । उनले राजीनामा दिएपछि एन्फाले अन्तरिमकालीन प्रशिक्षक नियुक्त गर्दै आएको थियो । तर, बुधबारदेखि नेपाली टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी इटालियन नागरिकले पाएका हुन् ।

एन्फाको बुधबार बसेको चौथो कार्यकारिणी समितिको बैठकले अनेसेलाई पदमा नियुक्त गरेको हो । एन्फाले मुख्य प्रशिक्षक पदका लागि आवेदन आह्वान गरेको थियो । त्यसका लागि १६८ जनाको आवेदन आएको थियो । छनौट समितिले २० जनालाई सर्टलिस्ट गरेको थियो ।

यी इटालियन प्रशिक्षकसँग युईएफए प्रो लाइसेन्स प्रमाणपत्र छ । उनी इन्डियन सुपर लिगमा नर्थ ईस्ट युनाइटेडका मुख्य प्रशिक्षक पनि भइसकेका थिए ।

गोकुलम केरला एफसीलाई दुईवटा लिग उपाधि दिलाएका उनी ३८ वर्षीय सन् २०१९ मा एक वर्ष बेलिज राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक पनि थिए ।

प्रतिक्रिया सबै