८ श्रावण २०८१, मंगलवार Tuesday 23 July, 2024

नेपाल ८ बर्षपछि यू-१९ क्रिकेट विश्वकपमा

 बिहिबार, फाल्गुन १८ २०७९  

काठमाडौं । नेपाल ८ बर्षपछि यू-१९ क्रिकेट विश्वकपमा छनौट भएको छ । नेपालले आइसिसी यू-१९ विश्वकप एसिया क्षेत्र छनोटमा अन्तिम खेलमा युएईलाई ७ रनले पराजित गर्दै ८ वर्षपछि विश्वकपमा पुगेको हो । नेपालले निर्णायक खेलमा युएईमाथि रोमान्चक जित हात पार्दै २०१६ पछि विश्वकपमा स्थान बनाएको हो ।

नेपालले पछिल्लो पटक २०१६ मा बंगलादेशमा भएको विश्वकप खेलेको थियो । त्यसपछि नेपालले यू१९ विश्वकप खेल्न सकेको थिएन । २०१९ को एसिया क्षेत्र छनोटमा नेपाल डकवर्थ लेविस पद्धतिको आधारमा युएईसँग एक रनले पराजित भएको थियो । त्यहिँ एक रनको कारण २०२० मात्रै होईन २०२२ को पनि विश्वकप खेल्न पाएन ।

२०२१ मा कोरोनाको कारण यू१९ विश्वकप एसिया क्षेत्र छनोट हुन सकेन । पछिल्ला पाँच छनोटको प्रदर्शनको आधार मान्दा युएई अघि रहेको थियो । युएई अघि रहनमा त्यहिँ एक रनको जित निर्णायक बनेको थियो ।

सन् १९८८ देखि सुरु भएको यू-१९ विश्वकपमा नेपालले २००० मा डेब्यू गरेको थियो । नेपालले २००० देखि २०१६ सम्म ७ पटक यू१९ विश्वकप खेलेको थियो । नेपालले २००० देखि ८ सम्म पाँच संस्करण विश्वकप लगातार खेलेको थियो । त्यसपछि २०१२ र २०१६ मा यू-१९ विश्वकप खेलेको थियो ।

सन् २००६ मा न्युजिल्यान्डलाई हराउँदै प्लेट च्याम्पिन नै बनेको थियो । २००८ मा प्लेट च्याम्पियनसिपको फाइनलमा वेस्टइन्डिजसँग पराजित भएको थियो । नेपालले २०१६ पछि यू१९ विश्वकप खेलेको छैन ।

नेपालको लक्ष्य २०१६ पछि पहिलो पटक विश्वकप खेल्नेछ । नेपालले दिएको १ सय ९२ रनको विजयी लक्ष्य पछ्याएको युएई ४८ ओभरमा १ सय ८४ रनमा अल आउट भयो । नेपाललाई नाटकीय जित दिलाउन स्पिनर दीपेश कँडेलले ह्याटिकसहित पाँच विकेट लिए ।

युएईलाई जितको लागि ८ रन चाहिँदा दीपेशले ४८ औं ओभरको अन्तिम तीन बलमा लगातार विकेट लिएका थिए । हेमन्त धामी र सुवास भण्डारीले पनि दुई दुई विकेट लिए ।

प्रतिक्रिया सबै