१२ मंसिर २०८०, मंगलवार Tuesday 28 November, 2023

नेपालको खराब सुरुआत, दुबै ओपनर आउट

 आइतवार, फाल्गुन २८ २०७९  

काठमाडौं : आईसीसी विश्वकप क्रिकेट लिग २ को त्रिदेशीय एकदिवसीय शृंखलाअन्तर्गत यूएईविरुद्धको खेलमा टस जितेर ब्याटिङ थालेको नेपालले खराब सुरुआत गरेको छ। दोस्रो ओभरमा पहिलो विकेट गुमाएको नेपालले पाँचौं ओभरमा अर्का ओपनर कुशल भुर्तेललाई पनि गुमाएको छ।

कुशल १५ बलमा आठ रन जोडेर आयान अफ्जल खानको बलमा एलबीडब्यूलको शिकार भए।

अर्का ओपनर आसिफ शेख पाँच बल खेलेर शून्यमा पेभेलियन फर्केका थिए। आर्यन लाक्राको बलमा बोल्ड हुँदै आसिफ पेभेलियन फर्केका हुन्।

नेपालले पाँच ओभरको समाप्तीमा दुई विकेट गुमाएर १२ रन जोडेको छ।

त्रिवि क्रिकेट मैदानमा जारी खेलका लागि कप्तान रोहित पौडेलले यूएईलाई फिल्डिङको निम्तो दिएका थिए। नेपाली टिममा दुई परिवर्तन भएको छ।

मुख्य प्रशिक्षक मोन्टी देशाईले पूर्व कप्तान ज्ञानेन्द्र मल्ल र तीव्र गतिका बलर करण केसीको स्थानमा ललित राजवंशी र गुल्शन झालाई मौका दिएका छन्। आजको खेलमा जित निकाल्न सके नेपालले एकदिवसीय मान्यता जोगाउने निश्चित हुनेछ।

यस्तै, लिग २ को शीर्ष तीनमा रहँदै विश्वकपको ग्लोबल छनोटमा पुग्ने सम्भावना कायम राख्ने छ। आजको खेलमा पराजित भए सोझै ग्लोबल छनोटमा पुग्ने सम्भावना समाप्त हुनेछ।

आज यूएई पराजित भयो भने एकदिवसीय मान्यता जोगाउने गणितीय सम्भावना मात्रै कायम रहने छ।

प्रतिक्रिया सबै