८ श्रावण २०८१, मंगलवार Tuesday 23 July, 2024

एसिया प्यासिफिक एडभान्स नेटवकर्कको ५५औं सम्मेलन काठमाडौंमा आयोजना हुने

 आइतवार, फाल्गुन २८ २०७९  

एसिया प्रशान्त क्षेत्रका १७ देशका राष्ट्रिय अनुसन्धान तथा शैक्षिक सञ्जाल संस्थाहरुको (National Research and Education network) सहकार्यमा स्थापित Asia Pacific Advanced Network (APAN) ले सूचना तथा सञ्चार प्रविधिका विभिन्न क्षेत्रहरुमा वैज्ञानिक अनुसन्धान र सहकार्य गर्दै आएको छ ।

APAN ले विगत २५ वर्षदेखि एशिया प्रशान्त क्षेत्रका राष्ट्रिय अनुसन्धान तथा शैक्षिक सञ्जाल संस्थाहरुको संयोजन तथा विश्वका विभिन्न देशका वैज्ञानीक अनुसन्धान, नवप्रवर्तन र विभिन्न विश्वविद्यालयहरु सँगको सहकार्यमा हरेक वर्ष दुईवटा अन्तर्राष्ट्रिय सम्मेलन एशिया प्रशान्त क्षेत्रका विभिन्न राष्ट्रहरुमा आयोजना गर्दै आएको जानकारी गराउँदछु ।

सोही अनुरुप लामो समयको प्रयास पश्चात ब्एब्ल् को ५५ औं सम्मेलन नेपालमा ल्याउन सफल भएका छौ साथै यो सम्मेलन फाल्गुण २९ देखि चैत्र ०३ सम्म काठमाडौं मेरियट होटेलमा आयोजना हुन गइरहेको जानकारी गराउँदछु । यस सम्मेलन आयोजनाको मुख्य संयोजन नेपालका सूचना प्रविधि सम्वन्धी संस्थाहरुसँगको सहयोग र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सँगको सहकार्यमा नेपाल रिसर्च एण्ड एजुकेसन नेटवर्कले गरेको जानकारी गराउँदछु ।

विश्वभर पैmलिएको कोभिड महामारी पछि पहिलो पटक भौतिक रुपमा आयोजना हुन लागेको यस पाँच दिने अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा आयोजना हुनु हामी सबैको लागि गौरवको विषय हो ।

पाँच दिन सम्म सञ्चालन हुने यस सम्मेलनको अवधिभर ५५ वटा भन्दा वढि सेसनहरु सञ्चालन हुने साथै १७५ भन्दा वढि प्रतिनिधिले शिक्षा, सूचना प्रविधि, वैज्ञानिक अनुसन्धान लगायतका विभीन्न क्षेत्रहरुमा केन्दि«त रहि प्रस्तुती दिनुहुनेछ । सूचना तथा सञ्चार प्रविधि मन्त्री माननीय रेखा शर्मा ज्यूले उद्घाटन गर्नुहुने यस सम्मेलनमा दुईजना नेपाली सहित ४ जना व्यतिmहरुले मुख्य वतmाको रुपमा सम्मेलनलाई सम्बोधन गर्नुहुनेछ ।

सूचना प्रविधि कार्यान्वयनका विभिन्न क्षेत्रहरु जस्तै प्रकोप व्यवस्थापन, कृषि आधुनीकिकरण, मानव स्वास्थ्य र चिकित्सकीय प्रविधि, वैज्ञानिक तथ्यांकहरुमा पहुँच, इन्टरनेट सुरक्षा आदि विषयवस्तुहरुमा केन्दि«त रहि सहभागीहरु विच छलफल हुने साथै नेपालको तर्फवाट जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारेको प्रभाव र यसको न्युनीकरणको लागि सूचना प्रविधि र वैज्ञानिक अनुसन्धानको भूमिका सम्वन्धमा जलवायु परिवर्तन विज्ञ तथा नेपाली पर्वतारोही समेतको प्रस्तुती रहने कार्यक्रम तय भएको छ ।

२५ देशका १८० प्रतिनिधिहरु तथा नेपालका विभिन्न विश्वविद्यालय र सूचना प्रविधि सँग सम्वन्धीत संस्थाहरुवाट १५० गरि ३३० भन्दा बढि प्रतिनिधिहरु सम्मेलन स्थल काठमाडौं मेरियटमा सहभागी हुने साथै २०० भन्दा वढि व्यतिmहरु अनलाइनका माध्यमवाट पाँच दिन सम्म सञ्चालन हुने ब्एब्ल् को ५५ औं सम्मेलनमा सरिक हुने आसा गरिएको छ ।

नेपालमा पहिलोपटक हुन लागेको यस APAN सम्मेलनले नेपाल सरकारले प्राथमिकताका साथ अगाडि वढाएकोे डिजीटल नेपाल फ्रेमवर्कको कार्यान्वयनमा सहयोग प¥याउने देखिन्छ ।

यस्तै यस सम्मेलनले देशमा वैज्ञानिक अनुसन्धान र यस सम्वन्धी पुर्वाधारहरुको आवश्यकताका साथै राष्ट्रिय अनुसन्धान तथा शैक्षिक सञ्जालको विस्तारको लागि सचेतना बढाउने अपेक्षा गरिएको छ।

यो सँगै नेपाल सरकारले सुचना प्रविधि र वैज्ञानिक अनुसन्धानका क्षेत्रमा गरिरहेका प्रयासहरु विश्वमाझ पु¥याउने अवसर समेत यस सम्मेलनले जुटाउने देखिन्छ।

साथै विभिन्न देशका प्रतिनिधि सँगको आपसी अन्तरकृयाले नेपाली अनुसन्धानकर्ता तथा शैक्षिक संस्थाहरुले हाल विश्व समुदाय सँग गरिरहेका वैज्ञानिक सहकार्यहरुलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।

यस सम्मेलन सम्वन्धी विस्तृत विवरण तल उल्लेखित लिंक मार्फत प्राप्त गर्न सकिने जानकारी गराउँदछु। https://apan55.apan.net/

यस अन्तराष्ट्रिय सम्मेलनको आयोजनको लागि विभिन्न संघ संस्थाहरुको सहयोग गर्नुहुने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय साथै सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सँग यस सम्मेलन आयोजनाको सहकार्य भएको छ ।

प्रतिक्रिया सबै