२० मंसिर २०८०, बुधबार Wednesday 6 December, 2023

इजरायलमा मारिएका बाँकी दुई नेपालीको शव पहिचान, कानुनी प्रक्रिया पूरा गरेर नेपाल ल्याइने

 मङ्लबार, कार्तिक १४ २०८०  

काठमाडौं : इजरायलमा हमास आक्रमणमा मारिएका बाँकी दुई जना नेपाली विद्यार्थीको शव पहिचान भएको छ। इजरायलको तेल अविवस्थित नेपाली दूतावासले राजेश कुमार स्वारंकर र आनन्द साहको शव पहिचान भएको जानकारी दिएको छ।

यसअघि तीन जनाको शव पहिचान भएको थियो। दूतावासका अनुसार पदम थापा, प्रवेश भण्डारी र राजन फुलाराको शव पहिचान भइसकेको छ। पाँच जनाकै शव आवश्यक प्रक्रिया पूरा गरेर नेपाल पठाइने दूतावासले विज्ञप्ति जारी गर्दै भनेको छ।

यसअघि पहिचान भइसकेका पाँच जनाको शव नेपाल ल्याई उनीहरूको परिवारलाई बुझाइसकिएको छ।

प्रतिक्रिया सबै