२० मंसिर २०८०, बुधबार Wednesday 6 December, 2023

संक्रमणकालीन न्याय भाड्न पनि विचौलिया

 मङ्लबार, कार्तिक १४ २०८०  

बिस्तृत शान्ति सम्झौता भएको १७ वर्ष भइसक्यो। तर, राजनीतिक दलको भूमिका सकारात्मक नहुँदा पीडितले न्याय पाउन सकेका छैनन् भने शान्ति प्रक्रिया टुंगिएको छैन। राजनीतिक दलले शान्ति प्रक्रियालाई बार्गेनिङ र स्वार्थका रूपमा प्रयोग गरिरहेका छन्। उनीहरूले चाहेको भए पहिल्यै शान्ति प्रक्रिया निष्कर्षमा पुग्न सक्थ्यो। यो अवस्थामा अझै अल्झिरहनुका कारण धेरै छन्।

१. राजनीतिक इच्छा शक्तिको अभाव : राजनीतिक दलमा शान्ति प्रक्रिया टुंग्याउनु पर्छ भन्ने ध्यान नै गएन। यो नटुंगिनुको मुख्य कारण नै राजनीतिक इच्छा शक्तिको हो।

२. सुरक्षा संयन्त्र : यो विषयमा सुरक्षा संयन्त्र पनि बाधक हो। सेना र प्रहरीको कारणले यो समस्या समाधान हुन नसकेको हो। सुरक्षा संयन्त्रले बीचमा खेल्ने काम गरिरहेका छन्।

३. मानव अधिकारकर्मी नै बिचौलिया : शान्ति प्रक्रियामा बिचौलियाको जन्म भएको छ। संक्रमणकालीन न्याय जस्तो संवेदनशील विषयमा मानव अधिकारको नाममा, राजनीतिक रूपमा फाइदा लिने समूह जन्मियो। उनीहरूले जहिले पनि त्यसलाई भाँड्न थाले। स्वार्थ समूह सानो छ तर त्यसको प्रभाव ठूलो छ।

४. केहीले शान्ति प्रक्रिया टुंगिएमा आफ्नो कमाइ खाने भाँडो नै बन्द हुन्छ भन्ने पनि सोचे। यस्ता समस्या धेरै जन्मिए।

५. अब संक्रमणकालीन न्यासको विषय संसदीय प्रक्रियामा गएको छ। तत्काल ऐन परिमार्जन गरेर टुंग्याउनेतिर लाग्नु पर्छ। पीडितले न्याय पाउने गरी सर्वोच्च अदालतको आदेश, अन्तर्राष्ट्रिय मापदण्डअनुसार यो विषय समाधान गरिनु पर्छ।

(भण्डारी, गम्भीर मानव अधिकार उल्लंघनका पीडितहरूको राष्ट्रिय सञ्जालका संयोजक हुन्)

प्रतिक्रिया सबै