८ श्रावण २०८१, मंगलवार Tuesday 23 July, 2024

मलेसियालाई ६ विकेटले हराउँदै नेपाल सेमिफाइनलमा

 मङ्लबार, कार्तिक १४ २०८०  

काठमाडौं : नेपालले मलेसियालाई ६ विकेटले पराजित गर्दै सेमिफाइनलमा पुगेको छ। टी-२० विश्वकपको एसिया क्वालिफार्यसअन्तर्गत मंगलबार टियु मैदानमा भएको खेलमा नेपालले दोस्रो जित हात पारेको हो।

मलेसियाले दिएको १६६ रनको लक्ष्य नेपालले १८ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो। नेपालका लागि कुशल मल्लले अर्धशतक प्रहार गरे।  ३४ बल खेलेका उनले २ चौका र ७ छक्का प्रहार गरेका थिए।

त्यस्तै कुशल भुर्तेलले ४३ रन बनाए। उनले २४ बलमा ४ चौका र ४ छक्का प्रहार गरे। आसिफ शेखले भने २३ बलमा १ चौका र २ छक्कासहित ३२ रन बनाए। कप्तान रोहित पौडेल भने २ रनमै आउट भए। सन्दीप जोरा १८ र विवेक यादव २ रनमा अविजित रहे।

यसअघ टस जितेर ब्याटिङ गरेको मलेसियाले निर्धारित ओभरको खेलमा ९ विकेट गुमाउँदै १६५ रन बनाएको थियो। मलेसियाका लागि साइद अजितले सर्वाधिक ६८ रन बनाए। उनले ४९ बलमा ८ चौका र २ छक्का प्रहार गरे। त्यस्तै जुबइदीले २४, सर्विभनले १३ र विजय युनीले १२ रन बनाए। अन्य खेलाडीले दोहोरो अकंकको रन जोड्न सकेनन्।

facebook sharing button
messenger sharing button
twitter sharing button
whatsapp sharing button
viber sharing button
sharethis sharing button

प्रतिक्रिया सबै