८ श्रावण २०८१, मंगलवार Tuesday 23 July, 2024

देउवालाई धमलाको प्रश्न, जवाफ दिए ओलीले

 बुधबार, कार्तिक १५ २०८०  

काठमाडौं, १५ कार्तिक । नेकपा (एमाले) को चियापानमा शीर्ष नेताहरु सरिक भएका छन् । पूर्व प्रधानमन्त्रीहरु झलनाथ खनाल, डा. बाबुराम भट्टराई, शेरबहादुर देउवा, खिलराज रेग्मीलगायतको उपस्थिति थियो ।

एमाले मुख्यालयमा आयोजित चियापानमा प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल पनि सरिक थिए । चियापानमा सबैभन्दा अन्तिममा पुगेका पूर्व प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच केही समय भलाकुसारी पनि भएको थियो ।

दुई नेता भलाकुसारीमा बसेकै बेला पत्रकार ऋषि धमलाले प्रश्न तेर्साए–‘तपाईंहरु मिल्न लाग्नुभएको हो ? राजनीतिक रुपमा सहकार्य हुन लागेको हो ?’ धमलाले कांग्रेस सभापति देउवालाई सम्बोधन गरेर सोधेको प्रश्नमा देउवाले होईन, होईन भन्ने जवाफ दिएका थिए । तर, ओलीले एक कदम अघि बढेर हो मिलेर जाने भन्ने जवाफ दिए । चियापानमा उपस्थिति भिआईपीहरुबीच एकछिन हाँसो पनि चलेको थियो ।

प्रतिक्रिया सबै