आजदेखि सरकारी कार्यालयको समय छोटियो
बिहिबार, कार्तिक १६ २०८०

आजदेखि सरकारी कार्यालयको समय एक घण्टा कम भएको छ । आगामी माघ १५ गतेसम्म कार्यालय समय बिहान १० बजेदेखि अपरान्ह ४ बजे तोकिएको छ ।
शुक्रबारको दिन दिउँसो ३ बजे कार्यालय बन्द हुने छ । बैंक तथा वित्तीय संस्थाहरु भने माघ १५ गतेसम्म शुक्रबार बिहान १० बजे खुलेर दिउँसो साढे १ बजे बन्द हुन्छन् ।
जाडो समयमा दिन छोटो हुने भएकाले कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म कार्यालय समय एक घण्टा कम हुने गरेको छ ।
प्रतिक्रिया
सबै