अस्पतालको भवन शिलान्यास गर्न प्रधानमन्त्री प्रचण्ड आज बुटवल आउँदै

बुटवलस्थित सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा नेपाल)को अस्पताल भवन शिलान्यासका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज बुटवल आउँदै छन् । प्रधानमन्त्री प्रचण्डले बिहान साढे १० बजे २०० शैय्याको भवन र पुस्तकालय भवन उद्घाटन गर्ने कार्यक्रम रहेको स्थानीय व्यवस्थापन समितिका अध्यक्ष तथा बुटवल उपमहानका प्रमुख (मेयर) खेलराज पाण्डेयले जानकारी दिए ।
बुटवल उपमहानगरपालिका वडा नम्बर ७ स्थित आम्दा अस्पतालको २५ औं वार्षिक उत्सवको अवसरमा यो कार्यक्रम हुन लागेको हो ।
तीनवटै विषयमा ४०-४० वटाको कोटाअन्तर्गत पढाइ हुने ५० शैय्याबाट शुरू भएको अस्पताल अहिले १०० शैय्यासहित सञ्चालनमा छ । त्यस्तै सामाजिक सुरक्षा कोषका सदस्यहरूलाई नियमअनुसार स्वास्थ्य सेवाको पनि अस्पतालले सुरुवात गरेको छ । अस्पतालमा आमा सुरक्षा कार्यक्रम यसै वर्षभित्र सञ्चालन हुने गरी प्रक्रिया पनि अघि बढाएको मेयर पाण्डेयले बताए । आमा सुरक्षा कार्यक्रम सञ्चालन भएपश्चात राज्यको व्यवस्थाबमोजिम आमाहरूले निःशुल्क प्रसूति एवं सोसँग सम्बन्धित स्वास्थ्य सेवा प्राप्त गर्नेछन् ।