८ श्रावण २०८१, मंगलवार Tuesday 23 July, 2024

पाटन अस्पताल विरामी मृत्यु प्रकरण : यी हुन् ‘ज्यानमारा’ औषधी उत्पादक रुंगटा !

 बुधबार, कार्तिक २२ २०८०  

काठमाडौं । गत शनिबार पाटन अस्पतालमा उपचाररत दुई बिरामीको एन्टिबायोटिक औषधि दिएलगत्तै मृत्यु भयो । दिउँसो ४ः३० बजे २ किसीमका औषधि दिनेबित्तिकै ओखलढुंगाकी ९६ वर्षीया जनमाया राई र मकवानपुरका ६७ वर्षीय कृष्णबहादुर नगरकोटीको मृत्यु भयो । चाडै बिरामीको अवस्था सुधार भएर स्वास्थ्यकर्मीहरु डिस्चार्जको तयारीमा थिए । उनीहरुमा उच्च निमोनिया देखिएकाले इन्जेक्सनबाट हिपारिन र स्टासेफ एन्टिबायोटिक औषधि प्रयोग गरिएको थियो ।

हिपारिनले रगत सञ्चालन गर्न मद्दत पु¥याउँछ भने स्टासेफ इन्फेक्सन कम गर्छ । औषधि निमोनियाका बिरामीलाई खुवाइने अत्यावश्यक तथा सामान्य औषधी हुन् । सामान्यतया यस्ता औषधी हानी नगर्ने चिकित्सकहरु बताउँछन् । यी दुवै औषधीलाई एन्टिबायोटिक इन्जेक्सन दिनेबित्तिकै दुवैजनाको ज्यान गयो । उनीहरुलाई औषधी दिएको केही मिनेटमै ज्यान गएको पाटन अस्पतालका सूचना अधिकारी तथा मेडिकल डाइरेक्टर प्रा.डा युवराज शर्मा । शर्माका अनुसार औषधीका विषयमा थप छानबिन हुँदै छ । उनले भने,“औषधि दिएलगत्तै बिरामीको ज्यान गएको साँचो हो । यसले शंका त पैदा गरेको छ । तर यस्तो हुनुमा हामी आफै सरप्राइज छौं । घटनामा कसको गल्ती हो यो त पोष्टमार्टम र थप छनबिनबाट पत्ता लाग्छ ।”

औषधि दिए लगत्तै उनीहरुको सास प्रश्वासमा समस्या भएको र शरिर निलो भएको उनी स्विर्काछन् ।

“यो औषधिको प्रयोग पछि उहाँहरुको शरिर निलो भएको र योसँगै श्वास–प्रश्वासमा पनि समस्या भएको रहेछ । यद्यपी यो औषधि हामी दैनिक ५०–६० जनाभन्दा बढी बिरामीलाई दिँदै आएका छौं । तर उहाँहरुको केसमा किन यस्तो भयो हामीलाई नै थाहा छैन । उत्पादन कम्पनीले पठाएको यो लटको औषधिमा केही समस्या भए कारबाही हुन्छ र यसमा स्वास्थ्यकर्मी दोषी भए उहाँहरुलाई पनि कारबाही हुन्छ ।” उनले भने ।

सुरुमा ९७ वर्षीया राईलाई नर्सको टोलीले खुट्टाको साप्रा र पाखुराबाट इन्जेक्सनमार्फत औषधि दिएको थियो । त्यसलगत्तै नगरकोटीलाई एन्टिबायोटिक औषधिको इन्जेक्सन दिइयो । तर, एन्टिबायोटिक दिएको क्षणभरमै दुवैको ज्यान गयो । एन्टिबायोटिक दिनबित्तिकै दुवैजनाको शरीर काँप्न थालेको र तत्काल मृत्यु भएको आफन्तको आरोप छ ।

 

अस्पतालको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै मृतकका आफन्तले आइतबार दिउँसो अस्पताल परिसरमा प्रदर्शन गरेका थिए । उनीहरूले इन्जेक्सनमा दिएको औषधिकै कारण बिरामीको मृत्यु भएको भन्दै स्वास्थ्यकर्मीलाई कारबाही हुनुपर्ने माग राखेका छन् । मृतकका आफन्तले विरोध प्रदर्शन गरेपछि आइतबार दिउँसो अस्पताल परिसर अस्तव्यस्त बनेको थियो । झडप हुने अवस्था निम्तिएपछि जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले मृतकका आफन्त र अस्पताल प्रशासनसँग छलफल गरेको थियो । सो क्रममा अस्पताल प्रशासनले तत्काल छानबिन समिति गठन गर्ने, मृतकको शरीर पोस्टमार्टम गर्नेलगायत निर्णय गरेको छ ।

अहिले अस्पताल प्रसाशनले परिचालन गरेर स्वास्थ्यकर्मीहरुले आन्दोलन सुरु गरेका छन् । अस्पतालको लापरबाहीका कारण बिरामीको ज्यान गएको भन्दै आफन्तले आइतबार विरोध प्रदर्शनका क्रममा २ जना डाक्टरमाथि कुटपीट भएको भन्दै अहिले उनीहरु आन्दोलनमा उत्रिएका छन् ।
विरोध प्रदर्शमा उत्रिएका डां सन्जय बरालले स्वास्थ्यकर्मीमाथि कुटपीट तथा हातपात गर्ने अहिलेको प्रणाली जस्तै भएको बताउँछन् ।

“गल्ती कसको हो उत्पादन कम्पनीको हो की अस्पतालको अथवा स्वास्थ्यकर्मीको यसमा त छानबिन हुनु पर्छ । यसरी हामीमाथि नै हातपात कुटपीट त गर्न पाइदैन नि कानुनी रुपमा यसको छानबिन हुनुपर्नेमा उल्टै हामीमाथि हातपात भयो ।” डा.बरालले भने,“हामी आफै सुरक्षित छैनौं यस्तो अवस्थामा बिरामीलाई कसरी उपचार गर्न सक्छौं ? त्यसकारण हामीमाथि अन्याय भएको छ । यसरी आवेशमा आएर डाक्टरमाथि कुटपीट गर्नेलाई कारबाही गरियोस् भन्ने हाम्रो माग हो ।”

 

स्वास्थ्यकर्मी नै आन्दोलनकै आन्दोलनमा उत्रिएपछि अहिले अस्पतालको आपीडी सेवा पूर्ण रुपमा ठप्प छ । यसरी ओपीडी बन्द भएपछि यसले बिरामीहरु मर्कामा परेका छन् । तर, औषधी उत्पादक कम्पनिबारे भने कसैको चासो छैन ।

दियोपोस्टलाई प्राप्त सुचना अनुसार विरामीको शरिरमा प्रयोग भएको औषधी वीरगन्जमा उद्योग रहेको नेश्नल हेल्थकेयर नामक कम्पनिले उत्पादन गरेको हो । यो कम्पनिका मालिक जगदिश रुंगटा हुन् । वीरगन्ज घर भएका उनले वार्षिक रुपमा नेपालमा अर्बौंको औषधी विक्री वितरण गर्दै आएका छन् ।

यो कम्पनिले उत्पादन गरेको स्टासेफ नामक औषधीका कारण पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विरामीको मृत्यु भएको हो । अस्पतालले यतिबेला उक्त कम्पनिले उत्पादन गरेको सबै औषधी शिल गरेर राखेको छ । यद्धपी यति गम्भिर विषयमा केन्द्रीय सरकारले भने कुनै छानबीन गरेको छैन । विरामीका आफन्तले समेत औषधी उत्पादक कम्पनिका मालिकलाई कारबाहीका लागि निवेदन तथा उजुरी दिएका छैनन् । ‘यदि औषधी उत्पादक कम्पनिकै बद्मासी भए उजुरी जाहेरी आए हामीले कारबाही गर्छौं,’ नेपाल प्रहरीका एक अधिकारीले भने,‘औषधी व्यवस्था विभागले अनुसन्धान गरोस् अनि हामी कारबाही अघि बढाउँछौँ ।’

प्रतिक्रिया सबै