विमलासंग सोधपुछ जारी, एकराज आफ्नो प्रेमी भएको स्वीकार
मङ्लबार, जेष्ठ ३१ २०७९

काठमाडौं । लुम्बिनी प्रदेशका स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी वलीलाई जिल्ला प्रशासन कार्यालयमा प्रजिअ प्रजिअ हिरालाल रेग्मी र एसपी सुरेश काफ्लेले सोधपुछ गरिरहेको छ ।
स्रोतका अनुसार वलीले प्रजिअ र एसपीसँग खासै खुलेर बोल्न नसकेको तर, उनले वाइसीएल कार्यकर्ता एकराज बस्नेत आफ्नो प्रेमी भएको स्वीकार गरेकी छन् ।
एकराजसँग विशेष काम परेकाले भेट्न घरमा पुगेको उनको भनाई छ । विमलाले आज बिहान एकराजको घरमा गएर उनको श्रीमती र छोरीलाई हातपात गरेकी थिइन् ।
वलीविरुद्ध एकराजकी पत्नी मिना भण्डारीले अभद्र व्यवहारको आरोपमा उजुरी दिएकी छन् ।
यो पनि
प्रतिक्रिया
सबै