१० श्रावण २०८१, बिहीबार Thursday 25 July, 2024

दुर्गा प्रसाइँले उपहार पाएको ‘सुनको लौरो’ शंकाष्पद !

 आइतवार, असार ५ २०७९  

काठमाडौं । दुबईका राजकुमार जुमा अल मोक्तुम तीन दिने भ्रमणका लागि शनिबार नेपाल आए । फ्लाई दुबईको विमान मार्फत नेपाल उत्रिएका उनी श्री एयरलाइन्सको चार्टर्ड विमान मार्फत चन्द्रगढी विमानस्थल अवतरण गरेका थिए । उनलाई नेकपा एमालेका केन्द्रीय सदस्य एवम् व्यवसायी दुर्गा प्रसाईंले स्वागत गरे ।

प्रसाईंलाई राजकुमारले विमानस्थलमै ‘सुनको लौरो’ पनि उपहार ‘हस्तान्तरण’ गरेका थिए । उक्त सुनको लौरो उपहार दिएको घट्नाले सामाजिक सञ्जालमा खुपै चर्चा पायो । वैदेशिक रोजकारमा गएका श्रमिक नेपालीलाई बिदेशबाट आउँदा एउटा औँठीसम्म भन्सारमा रोक्ने तर सुनको लौरो विदेशिले ल्याउँदा चाहिँ नरोक्ने भन्दै समाजिक सञ्जालमा विरोध पनि भयो ।

राजकुमार मोक्तम नेपाल सरकारको कुनै पनि औपचारिक निमन्त्रणा नभइ उनी व्यक्तिगत भ्रमणमा नेपाल भ्रमणमा आएका हुन् । उनले दुर्गा प्रसाईंलाई दिएको सुनकौ लौरो शंकाष्पद देखिएको छ ।

यस्तो उपहार सरकार वा राज्यको लागि भए मात्रै भंसार छुट हुने व्यवस्था छ । व्यक्तिका लागि ल्याइने यस्ता उपहारका लागि भने पाउने व्यक्तिले भंसार छुट तथा माफी मिनाहका लागि परराष्ट्र मन्त्रालय मार्फत पहल गर्नुपर्ने हुन्छ । मन्त्रिपरिषदको निर्णयको आधारमा भंसार छुट र माफि मिनाहको सुविधा पाउने व्यवस्था छ । तर, दुर्गा प्रसाइँले कुनै पनि प्रक्रिया बिना राजकुमारबाट सुनको लौरो उपहार पाएका हुन् । नियमावली अनुसार सुन वा जे सुकै वस्तुको भन्सार तिर्नुपर्ने गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेल बताउँछन् । नेपालीलाई कसैले उपहार दिने भो भने नेपाल सरकारको स्विकृति लिनुपर्छ । मन्त्रिपरिषदले निर्णय नै गर्नुपर्ने उनको भनाई छ ।

राजकुमार मोक्तमले कसरी भित्र्याए ‘सुनको लौरो’ ?
विमानस्थलस्थित भन्सार कार्यालयका प्रमुख महेश भट्टराईले भन्सार कार्यालयले चेकजाँच गर्दा कुनै पनि सुन जस्तो देखिने वस्तु नभेटेको बताउँछन् । उनले पनि राजकुमार मोक्तमले सुनको लौरो ल्याएको मिडियामार्फत थाहा पाएको बताएका छन् । ‘उहाँले झापा गएर एउटा लौरो दिनुभयो रे भन्ने कुरा । तर, आधिकारीक छैन’, उनले भनेका छन् । झापाबाट उक्त लौरोमा सुनको जलप मात्रै लगाइएको सुचना आफूले पाएको भट्टराईको भनाई छ । उनका अनुसार नेपाल सरकारले बनाएको कार्यविधि अनुसार विदेशीले नेपालमा सुन ल्याउन पाउँदैनन् ।

विमानस्थल प्रहरीको सूचना अधिकारी डिएसपी किशोर लम्सालका अनुसार दुबईको राजकुमारले ल्याएको सुनबारे भन्सारलाई नै थाहा हुन्छ । तर, उनका अनुसार आफुहरुले विमानस्थलमा आउने अराइभलको पाटो भने केही पनि नहेर्ने र त्यो भन्सारले हेर्ने गर्छ । उनले भंसारको एक्सरेको मेसिनमा सुन नदेखिएको बताए ।

विमानस्थल श्रोतका अनुसार नेपालमा सबैभन्दा बढी तस्करीको सुन दुबईबाट भित्रने गर्छ । नेपालमा तस्करीको सुन भित्रनुमा दुबईस्थित उच्च घराना र नेपालका ठूला माफियाको मिलेमतो रहेको बुझिन्छ ।

दुर्गा प्रसाइँले मन्त्रिपरिषदबाट भन्सार माफी मिनाहको निर्णय नगराई सुनको लौरो उपहार पाएका छन् । त्यो स्वतः तस्करीको सुन हुने विमानस्थलकै एक कर्मचारी बताउँछन् । ती कर्मचारीको भनाइ अनुसार तस्करीको सुन लिनु र विक्री गर्नु वा उपहार लिनु अपराध मानिन्छ । राजश्व अनुसन्धान विभाग, प्रहरी र भंसार विभागले सामान्य नागरिकले १ तोला सुन लगाएर विमानस्थल आउँदा पक्राउ गर्ने अनि सुन तस्करीको मुद्दा लगाउने गर्छ । तर, दुवइको यी राजकुमारलाई खोई कारबाही सामाजिक सञ्जालमा अहिले चर्चाको विषयमा बनेको छ । यसबारे भंसार विभागले के गर्ला त्यो हेर्न र सुन्न बाँकी नै छ ।

राजकुमार मोक्तम झापामा दुई दिन भ्रमण गर्ने कार्यतालिका रहेको छ । राजकुमार मोक्तुमले बिर्तामोडमा रहेको बिएण्डसी तथा पुर्वाञ्चल क्यानसर अस्पतालको अवलोकनका साथै पेट सम्बन्धीको सिटी स्क्यान मेसीनको समेत उद्घाटन गर्ने कार्यक्रम छ । दुर्गाको निमन्त्रणामा राजकुमार नेपाल आएको सो अस्पतालको सूचना शाखाले जनाएको छ । उनले झापासँगै काठमाडौं र पोखराको भ्रमण गर्ने कार्यतालिको रहेको बताइएको छ ।

 

प्रतिक्रिया सबै