११ श्रावण २०८१, शुक्रबार Friday 26 July, 2024

कृषि मन्त्रीले तत्काल राजीनामा दिनुपर्छ : ओली

 शनिबार, असार १८ २०७९  

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कृषि तथा पशुपंक्षी विकास मन्त्री महिन्द्र राय यादवले राजीनामा दिनुपर्ने बताएका छन् ।

आइतबार पार्टीको किसान संगठन अखिल नेपाल किसान महासंघको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले रोपाईंका बेला किसानलाई मल दिन नसक्ने मन्त्रीको अर्थ नहुने भन्दै राजीनामा दिनुपर्ने बताएका हुन् । ‘कृषिमन्त्रीले तत्काल राजीनामा गर्नुपर्छ के हेरेर बसेको ?’, उनले भने ।

कृषिमन्त्रीको मुख्य काम नै मल, बीउविजन दिनुपर्ने भन्दै अध्यक्ष ओलीले झण्डा हल्लाउ भनेर मात्र मन्त्री नबनाएको बताए ।

‘झण्डा हल्लाउ भनेर मन्त्री बनाएको कि किसानलाई मल बिउ देउ भनेर बनाएको ?’ उनले प्रश्न गरे, ‘पिर्कामा सलामी खान मन्त्री बनाएको हो रु कृषि मन्त्रीले किसानका लागि काम गर्नुपर्‍यो, किसानको समस्या हेर्नुपर्‍यो ।’ ओलीले सरकारले बुझ्ने गरी कदम चाल्न किसान महासंघलाई निर्देशन पनि दिएका छन् ।

यो पनि

नेपाली किसानले जतिसुकै कृषि उत्पादन गरे पनि बजारको समस्या हुँदैन : केपी ओली

प्रतिक्रिया सबै