११ श्रावण २०८१, शुक्रबार Friday 26 July, 2024

उपेन्द्र यादव पक्षलाई बैठक स्थगित गरेर वार्तामा आउन बाबुरामको आह्वान

 मङ्लबार, असार २८ २०७९  

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले उपेन्द्र यादव पक्षलाई वीरगञ्जको बैठक स्थगित गरेर वार्ता गर्न आह्वान गरेका छन् ।

जडिबुटीमा सुरु भएको आफूपक्षीय केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै नेता भट्टराईले वीरगञ्जमा बोलाएको बैठकमा आफूहरुलाई नबोलाएको नगएको बताए ।

जसपा नेपाललाई देशमा वैकल्पिक शक्तिको रुपमा निर्माण गर्न लागेको बताउदै उनले संख्या र बहुमत आफूसँग रहेको बताए । उनले आफूहरुको बैठक नै वैधानिक रहेको पनि दावी गरे ।

जापानका अध्यक्ष यादवले पार्टीमा कसैलाई जानकारी नदिइ एकलौटी रुपमा वीरगञ्जमा बैठक बोलाइएको कारण त्यो अवैधानिक रहेको बताए । पार्टीको विधानअनुसार दुई जना अध्यक्षको व्यवस्था रहेको र त्यसै अनुसार एकजना जनजातिबाट अध्यक्ष राख्नु पर्छ भन्दा मरिगए अध्यक्ष राख्न नमानेको गुनासो गरे ।

यो पनि

उपेन्द्र यादवको आलोचना गर्दै बाबुरामले औंल्याए जसपाका ६ समस्या (पूर्ण पाठसहित)

प्रतिक्रिया सबै