९ श्रावण २०८१, बुधबार Wednesday 24 July, 2024

प्रहरीलाई छापा मार्न रोक्न खोज्ने ७ महिला पक्राउ

 सोमवार, साउन ९ २०७९  

काठमाडौं । तीनकुनेमा चिनियाँ नागरिकले चलाएको कल सेन्टरमा छापा मार्न गएको प्रहरीलाई अवरोध गरेको आरोपमा ७ जना महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंको टोली विशेष सूचनाको आधारमा छापा मार्न गैरीगाउँको कल सेन्टरमा पुगेको थियो ।

तर ती महिलाले प्रहरीलाई अभद्र व्यवहार गर्दै छापा मार्न अवरोध गरेका थिए । त्यसपछि उनीहरुलाइ पक्राउ गरेर गौशाला लगिएको छ ।

छापा मारेको कल सेन्टरबाट प्रहरीले ल्यापटपलगायतका विद्युतीय उपकरणहरु बरामद गरेको छ ।

यो पनि

तीनकुनेमा चिनियाँ नागरिकले चलाएको कल सेन्टरमा प्रहरीको छापा

प्रतिक्रिया सबै