१० श्रावण २०८१, बिहीबार Thursday 25 July, 2024

काभ्रेस्थली घटनाः सुनिताका माइती पक्षले शव उठाउन दिएनन्, घटनास्थलमा नाराबाजी

 सोमवार, साउन १६ २०७९  

काठमाडौं । परिवारै सखाप भएको काभ्रेस्थली घटनामा मृतक सुनिताका माइती पक्षले शव उठाउन दिएका छैनन् ।

दुई छोरा छोरी र श्रीमतीको हत्या गरेर आत्महत्या गरेका दिनेश पाण्डेले अरुको पनि सहयोगमा परिवारको हत्या गरेको हुनसक्ने भन्दै आफन्तले शव उठाउन नदिएका हुन् । उनीहरुले घटनाको छानबिन हुनुपर्ने बताएका छन् ।

घटनास्थलमा मृतकका आफन्त र स्थानीयले नाराबाजी गरिरहेका छन् । अवस्था तनावग्रस्त भएपछि थप प्रहरी परिचालन गरिएको छ ।

काठमाडौंको तारकेश्वर नगरपालिका–२ काभ्रेस्थलीमा घर झगडाले परिवारै सखाप भएको हो । ४१ वर्षीय दिनेश पाण्डे, ३९ वर्षीया श्रीमती सुनिता, छोरी १३ वर्षीया आशिका र ८ वर्षीय छोरा आशिक सोमबार बिहान घरभित्रै मृत भेटिएका हुन् ।

दुई छोराछोरी र सुनिता एउटा कोठामा रगताम्य अवस्थामा ढलेका भेटिएका थिए भने अर्कातिर दिनेश भने अर्को कोठाको झ्यालको रेलिङमा झुन्डिएको अवस्थामा भेटिएका थिए ।

प्रहरीका अुनसार दिनेश पत्नी र दुई छोराछोरीको चक्कुले हानेर ज्यान लिएपछि आफू झुण्डिएको खुलेको छ ।

यो पनि

श्रीमान-श्रीमतीको झगडाले परिवार नै सखाप

प्रतिक्रिया सबै