९ श्रावण २०८१, बुधबार Wednesday 24 July, 2024

दिनेशको सुसाइड नोट: श्रीमतीले मोबाइल हेर्न दिन्नथी, माइतीले फसाएर सम्पत्ति कब्जा गर्न खोजे !

 सोमवार, साउन १६ २०७९  

काठमाडौं । तारकेश्वर नगरपालिका-२ काभ्रेस्थलीका दिनेश पाण्डेले श्रीमती सुनिता र दुई छोराछोरीको हत्गा गर्नुअघि लेखेको १० पेज लामो सुसाइड नोट भेटिएको छ । उक्त सुसाइड नोटमा दिनेशले यो घटनाको प्रमुख दोषी पत्नी सुनिता पाण्डेका माइतीलाई लगाएको नेपाल प्रहरी एकजना अनुसन्धान अधिकृतको भनाई छ ।

दिनेशले लेखेको उक्त सुसाइड नोटमा आफूले कुवेतमा ११ वर्षसम्म बसेर कमाएको सम्पत्ति श्रीमती र माइतीले कब्जा गरेर आफूलाई सिद्याउन खोजेपछि यति गम्भीर कदम उठाउन बाध्य भएको उल्लेख गरेका छन् ।

महानगरीय प्रहरी परिसर र काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गरेको अनुसन्धान अनुसार उनीहरुबीच लामो समयदेखि चलेको झगडाको परिणाम ४१ वर्षीय पति दिनेशले पत्नी ३९ वर्षीया सुनितासहित १३ वर्षीया छोरी आशिका र ८ वर्षीया छोरा आशिकको पनि आइतवार राति ज्यान लिएर आत्महत्या गरेका थिए । दिनेशको घरबाटै १० पेज लामो सुसाइड नोट भेटेको प्रहरीले फेला पारेको हो ।

‘मैले ११ वर्षसम्म कुवेतको तातो घाममा दुःख गरेर कमाएको सम्पत्ति श्रीमती र उसका माइतीले कब्जा गर्न खोजे । मलाई फसाएर मेरो सम्पत्ति हडप्न खोजिरहे । श्रीमती र श्रीमतीका दाजुहरूले मलाई पटक-पटक थुनाएर सबै सम्पत्ति लैजान खोजेकाले यो कदम उठाउन बाध्य भएँ’, उनले सुसाइड नोटमा भनेका छन् ।

दिनेशले श्रीमतीको हत्या गरेर आफूले आत्महत्या गर्ने भएपछि छोराछोरीलाई एक्लै छाड्न नचाहेको सुसाईट नोटमा उल्लेख गरेका छन् । ‘मेरा बच्चाबच्चीको औधी माया लाग्छ । मैले बच्चा बच्चीलाई मायाले गर्दा सँगै लैजान कठोर कदम चाल्न बाध्य भएँ,’उनले नोटमा भनेका छन् ।

यो घटनाको कारकका रुपमा श्रीमतीलाई नै दोष देखाउँदै दिनेसले सुसाइड नोटमा श्रीमतीलाई अर्कैसँग सम्बन्धको पनि आशंका गरेका छन् ।

उनले आफूलाई मोबाइल समेत हेर्न नदिएको, लुकीलुकी अर्कैलाई म्यासेज र कल गर्ने गरेकाले आफूलाई सम्हाल्न गाह्रो भएको पनि सुसाइड नोटमा उल्लेख गरेका छन् ।

उनले सुसाईट नोटमा भनेका छन्- ‘मलाई श्रीमतीले मोबाइल पनि छुन र हेर्न दिन्नथी । जति बेला पनि आफैं राख्ने गर्थी । हेर्नै नदिने गरेकाले मलाई शंका लागेको थियो । श्रीमान् भए पनि उसले मेरो केयर गर्दैनथी । छि छि र दुरदुर गर्ने अनि हेप्ने गरेकाले मलाई पीडा भएर यो कदम उठाउन बाध्य भएँ ।’

यो पनि

श्रीमान-श्रीमतीको झगडाले परिवार नै सखाप

प्रतिक्रिया सबै