९ श्रावण २०८१, बुधबार Wednesday 24 July, 2024

हर्क साम्पाङले दिए युवा संघलाई धन्यवाद !

 बिहिबार, भदौ २ २०७९  

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले नेकपा एमाले निकट युवा संघ नेपाललाई धन्यवाद दिएका छन् ।

युवा संघले काठमाडौं उपत्यकाको फोहोर संकलन गर्न श्रम गरेको भन्दै मेयर साम्पाङ फेसबुकमार्फत धन्यवाद दिएका हुन् ।

उपत्यकामा शनिबार परेको भारी वर्षाका कारण ठाउँ-ठाउँमा थुपरिएको फोहोर छरपष्ट भएर अस्तव्यस्त बनेको फोहोरलाई युवा संघ नेपालले संकलन गरिरहेको छ ।

मेयर साम्पाङ धरानको विकासका एजेन्डासहित काठमाडौं उपत्यकामा आएर धरानै फर्किसकेका छन् ।

राजधानीको हालत ‘फोहोरको थुप्रो’ देखेपछि मेयर साम्पाङले काठमाडौंका सडक चिल्ला र फराकिला भए पनि फोहोरको डंगुरले आफ्नो मन दुखाएको फेसबुकमार्फत व्यक्त गरेका थिए ।

मेयर साम्पाङले खाल्डाखुल्डी बाटो भए पनि धरान नै सफा लागेको भन्दै प्रधानमन्त्री र मन्त्री बस्ने सहरको बिजोग देख्दा श्रमदान गर्न मन लागेको पनि फेसबुकमा लेखेका थिए ।

यो पनि पढ्नुहोस्

सरसफाई अभियानमा युवा संघ

काठमाडौंमा फोहोर देखेपछि हर्क साम्पाङले भने- प्रधानमन्त्री बस्ने सहरको त बिजोग रहेछ !

प्रतिक्रिया सबै