१० श्रावण २०८१, बिहीबार Thursday 25 July, 2024

उर्जामा नेपालले ठुलो परिवर्तन गरेको छ : कुलमान घिसिङ

 शनिबार, भदौ १८ २०७९  

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पाँच वर्षको बीचमा नेपालले उर्जा क्षेत्रमा ठुलो परिवर्तन आएको बताएका छन् ।

शनिबार विद्युत प्राधिकरण अन्तर्गतको पोखरा-भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले भरतपुरमा विद्यतु वितरण प्रणालीलाई भूमिगत बनाउने योजनाको शिलान्यास कार्यक्रममा उनले भने- ‘विगतमा हामी १० मेगावाट विद्युत कतैबाट पाउँछौँ भनेर खोज्दै हिड्नुपर्दथ्यो । विद्यालयमा विद्युत खपत कम कसरी गर्ने भनेर सिकाउनु पर्दथ्यो । अहिले हामी ५० अर्ब लगानी गर्न सक्ने अवस्थामा छौँ’, उनले भने ।

उनले पाँच बर्ष अगाडि ६५ प्रतिशत विद्युतिकरण रहेको नेपालमा ९५ प्रतिशत पुगेको बताए । अहिले भारतलाई दैनिक १२ करोड भारुको विद्युत बिक्री गरेको उनले बताए । आगामी पाँच वर्षभित्र दुई खर्ब रुपैयाँको विद्युत बिक्री गर्ने योजना रहेको उनको भनाई थियो ।

‘अहिले विश्वमा उर्जा संकट छ । अन्य इन्धनको तुलनामा ६० प्रतिशत सस्तो छ । सन् २०५०सम्म भरतपुर सहित नेपालका मुख्य १८ सहरमा विद्युतिकरण गर्ने गरी गुरुयोजना निर्माण भैरहेको छ’, उनले भने । यसले गर्दा विद्युतीय उर्जामा संकट नहुने उनको भनाई छ । युरोप, चीन, श्रीलंका, बंगलादेश जस्ता राष्ट्रमा अहिले उर्जाको संकट देखिन सुरु गरिसकेकाले यसलाई मध्यनजर गर्दै दीर्घकालिन योजना बनाई काम थालनी गरेको उनले बताए ।

यो पनि

भरतपुरमा भूमिगत विद्युतको काम सुरु

 

‘विकास र समृृद्धिको सन्देश दिने मेरो संकल्प छ’

प्रतिक्रिया सबै