९ श्रावण २०८१, बुधबार Wednesday 24 July, 2024

शर्मिला तामाङलाई एक महिनाको तलब दिने हर्क साम्पाङको घोषणा

 शुक्रबार, अशोज २८ २०७९  

काठमाडौं । काठमाडौं महानगरपालिकाले ठेलागाडा खोसेर अलपत्र परेकी शर्मिला तामाङलाई धरानका मेयर हर्क साम्पाङले एक महिनाको तलब दिने घोषणा गरेका छन् ।

महानगर प्रहरी प्रमुख राजु पाण्डेसहितको टोलीले थापाथलीबाट विहिबार शर्मिलाको ठेलागाडाका सामान फाल्नुका साथै गाडा लिएर गएका थिए ।

अहिले शर्मिलाले गाडा समातेर रोइरहेको फोटो र भिडिओ भाइरल भइरहेको छ । मेयर हर्कले फेसबुकमा फोटो शेयर गर्दै भनेका छन्- ‘यी बैनी को हुन् ? यीनलाई मेरो एक महिनाको तलब पठाइदिने घोषणा गर्दछु, जय मान्छे ।’

यो पनि

बालेनलाई चेतावनी : राम्रो छबि सोत्तर हुने निश्चित छ !

 

प्रतिक्रिया सबै