११ श्रावण २०८१, शुक्रबार Friday 26 July, 2024

बागी उम्मेदवार मेन्याङबोप्रति ओलीको टिप्पणी : दिँदाखेरि नखाने राति उठेर कोल चाट्ने

 शुक्रबार, कार्तिक २५ २०७९  

धरान । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुनसरी १ का बागी उम्मेदवार मनोज मेन्याङबोप्रति लक्षित गर्दै पार्टीले अन्तमा गएर समर्थन गर्छ कि भन्ने भ्रम नपाल्न पनि आग्रह गरेका छन् ।

धरानमा भएको सभालाई संबोधन गर्दै ओलीले मेन्याङबोप्रति आक्रामक बन्दै पार्टी निर्णयविरुद्ध उठेर स्वतन्त्र भएकालाई एमालेका मतदाताले भोट नदिने बताए । ‘समयमा काम गर भन्दा नगर्ने, समयमा उम्मेदवार हौ भन्दा नहुने । दिँदाखेरि नखाने राति उठेर कोल चाट्ने’, उनले भने ।

दलीय व्यवस्था, लोकतन्त्र र प्रजातन्त्रका विरुद्ध षडयन्त्र स्वरुप स्वतन्त्र अभियान चलाइएको ओलीले बताए । ‘यस्तो अभियानको भ्रममा पर्नु हुँदैन, अहिले साथीहरु कोही भ्रममा नपर्नु होला, नेकपा एमाले एउटा अनुशासित पार्टी हो, राजनीतिक पार्टी हो’, उनले भने ।

मनोज मेन्याङबोप्रति आक्रामक बनेका ओलीले जनता समाजवादी पार्टीका उम्मेदवार अशोक राईको भने प्रसंशा गरेका थिए ।

यो पनि पढ्नहोस्

अशोक राईलाई भोट माग्दै ओलीले भने- उहाँ त मेरो उपाध्यक्ष हो

प्रतिक्रिया सबै