धरानमा हावाबाट विजुली उत्पादन

काठमाडौं । धरान उपमहानगरपालिकामा हावाबाटै उर्जा (विजुली) उत्पादन गरिएको छ । धरानको वडा-२० माछामारामा हावाबाट उर्जा (विजुली) उत्पादन गरिएको हो ।
वडा कार्यालय परिसरमा विन्ड टर्वाइन राखेर प्रोटोटाइप (नमुना) उर्जा उत्पादन गरिएको हो । उक्त प्रोजेक्टको प्रमुख हर्क साम्पाङले आइतबार उद्घाटन गरेका हुन् ।
प्रोजेक्ट सम्पन्न गर्न मेयर साम्पाङले तर्कबहादुर मगरलाई मेनेजरकोरुपमा जिम्मेवारी दिएका थिए । ३ लाख ६२ हजार लागतमा निर्माण सम्पन्न प्रोजेक्ट मेनेजर मगरले जानकारी दिए ।
हाल २ सय वाट विजुली उत्पादन गरिएको छ । त्यसबाट हाल ५ वटा बत्ति बालिएको पनि उनको भनाई छ । अझै ७ वटासम्म राख्न सकिनेछ ।
मेयर साम्पाङले अहिले नमुनाको रुपमा मात्र उत्पादन गरिएको बताएका छन् । खुशि व्यक्त गर्दै उनले भविष्यमा कन्याटार डाँडाबाट ठुलो योजना बनाएर अझै धेरै विजुली उत्पादन गर्नसके आत्मनिर्भर हुने बताए ।
वडाअध्यक्ष पदम लिम्बुले वडा कार्यालयमै स्वास्थ्य चौकी पनि रहेको र बेला बेला विजुली जादा समस्या हुने गरेकोमा अब राहत मिल्ने बताएका छन् ।
यस अघि पनि मेयर साम्पाङकै योजनामा धरानस्थित सर्दुखोलामा जनश्रमदानबाट सर्दुखोलाको पानीबाट प्रोटोटाइप हाइड्रो विजुली बालिएको थियो ।
यो पनि पढ्नुहोस्