२३ बैशाख २०८१, आईतवार Sunday 5 May, 2024

नागरिकता विधेयक राष्ट्रिय सभाबाट पनि बहुमतले पारित

 बिहिबार, साउन १२ २०७९  

काठमाडौं । राष्ट्रिय सभाले पनि नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ पारित गरेको छ । बिहीवार राष्ट्रिय सभाको बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त भएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ बहुमतले पारित गरेको हो ।

विधेयकमाथि बिहीवार नै दफाबार छलफल प्रारम्भ भएको थियो । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विधेयक पारित भएको घोषणा गरेका हुन् ।

‘हुन्छ भन्ने माननीय सदस्यहरुको बहुमत भएकोले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ पारित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएको घोषणा गर्दछु,’ उनले भने ।

त्यस्तै, बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त खानेपानी तथा सरसफाइ विधेयक, २०७९ पनि पारित गरेको छ । राष्ट्रिय सभाको अर्को बैठक २०७९ साउन २३ गते सोमवार दिउँसो १ बजेका लागि बोलाइएको छ ।

यो पनि

यस्तो छ संसद्‌बाट पारित भएको नयाँ नागरिकता विधेयक

प्रतिक्रिया सबै