१० श्रावण २०८१, बिहीबार Thursday 25 July, 2024

‘धरानमा फोहोर छैन’

 शुक्रबार, भदौ ३ २०७९  

काठमाडौं । धरान उपमहानगपालिकाका मेयर हर्क साम्पाङले धरानको सडकमा फोहोर नभएको बताएका छन् ।

सामाजिक सञ्जालमा ‘धरानमा फोहोर व्यवस्थापन नभएको’ भन्ने खबर झुटो भएको उनले बताएका हुन् ।

धरानको ल्याण्डफिल साइटमा भएको फोहोरलाई देखाएर गतल सूचना सम्प्रेषण भएको भन्दै उनले एक मिडियाप्रति नामै तोकेर आपत्तिज समेत जनाएका छन् ।

शुक्रबार आफ्नो फेसबुक लाइभमा बोल्दै इटहरी दुर्गन्धित भनेर आएको खबर पनि झुटो भएको उनको भनाई छ ।

फेसबुक लाइभमा बोल्दै मेयर साम्पाङले कसैले बाटोमा फोहोर फालेको खण्डमा फोहोर फाल्नेलाई जरिवाना तिराउने पनि बताए ।

‘धरानमा फोहोर छैन र कुनै गल्लीमा भेटियो भने पनि ५ मिनेटमा उठाउन लगाउँछु’, उनले भने ।

यो पनि

‘काठमाडौंका मान्छे गन्हाएर बसेकाछन्, सबैले फोहोर सोहोर्नुपर्छ मात्रै भनेको अर्कै बुझेछन्’

उपत्यकाको फोहोर उठ्न अझै एक साता लाग्ने

प्रतिक्रिया सबै